कञ्चनपुर, भदौं १९ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा निमार्ण हुने १५ बेडको अस्पताल निमार्णको ठेक्का तोकिएको रकमभन्दा ३३ प्रतिशत कममा कबोल भएको छ तर भ्यूु टावर निमार्ण ठेक्का ९९ दशमलव २९ प्रतिशतमा कबोल भएको छ ।
कञ्चनरुप नगरपालिकाले गत बुुधबार प्रकाशित गरेको सूचना अनुसार वडा नम्बर १२ स्थित धारापानीमा निमार्ण धर्मेश्वर धारापानी भित्र पूर्वाधार निमार्ण तथा संरक्षण गर्न गत असार ११ गते अन्नपूर्ण दैनिक पत्रिकामा बोलपत्र अह्वान गरेको थियो ।
उक्त बोलपत्र अनुसार तीन वटा फर्मले काम गर्न प्रसताव पेश गरेका थिए । करिब ५ करोडमा काम गर्न प्रस्ताव पेश गरेका दुुई वटा कम्पनीको क्यारेटऐरिया नपुुगेको भन्दै प्रतिस्पर्धाबाट हटाएर ९९ दशमलव २९ प्रतिशतमा काम गर्ने काठमाडौं स्थित कृतिक वर्क जोशी जेभी कम्पनीको प्रस्ताव स्वीकृत गर्ने प्रक्रियामा छ ।
कञ्चनरुप वडा नम्बर ८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गत प्रस्तावित १८ करोडमा निमार्ण हुने १५ बेडको अस्पताल निमार्णको प िनगत असार ११ गते नै अन्नपूर्ण दैनिक पत्रिकामा बोलपत्र अह्वान गरेको थियो । उक्त निमार्णमा ८ वटा कम्पनीले भाग लिएको थियो । जसमध्ये सबभन्दा कम रकम प्रस्ताव पेश गर्ने काठमाडौंका लामा राउस जेभीले ११ करोड ९१ लख २१ ह्जार ६सय ९५ रुपैयामा निमार्ण गर्ने ठेक्का पाएको छ ।
अख्तियारमा उजुरी
पूर्वधार निर्माण तथा संरक्षण कार्यको लागि विना विस्तृत परियोजना (डिपिआर),वतावरण तथा परियावरण (इआइई) र माटोको परिक्षण नगरी ठेक्कापट्टा स्वीकृत गर्न लागेको भन्दै कञ्चनरुप न.पा.८ का हरिहर वस्नेत र वडा नं.४ का ईनजिन्यर गयानन्द चौधरीले बिहीबार कञ्चनरुप नगरपालिका सहित जिल्ला प्रहरी कार्यालय राजविराज र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
ठेक्कदार कम्पनि संगको मेलोमतमा डिपिआरमा करिब ८३ लाख र प्रोभिजनलसम्मराखि गर्न लगाएकोले उक्त ठेक्का रद गर्नको लागि निबेदनमा उल्लेख गरेको छ । निर्माण व्यवसायले आफनो दर रेट अनुकुलको डिपिआर, ईआइई र माटो परिक्षण गराउदा ठूलो आर्थिक अनियमिता हुन्न सकनेले उक्त समझोता रद गर्न निबेदनमा उल्लेख छ ।
योजनाको लागि ७ करोड अनुमान रकम न.पा.ले गरेको छ । जसमा ६ करोड ९४ लाख ३६ हजार ५ सय ५० रुपियामा सम्झौता काठमाडौं स्थित कृतिक वर्क जोशी जेभी कम्पनी प्रालिसंग आर्थिक चलखेलको गरि ठेक्का स्वीकृत गरेको निवेदनमा उल्लेख छ ।
कञ्चनरुप नगरपालिकाका निमित प्रशासकिय अधिकृत नवराज खड्काका अनुसार वातावरण पर्यटक मन्त्रालयले २०७३ सालमा डिपिआर गरारेका छन् । हालको नियम अनुसार बिना डिपिआरको योजना सुईकृत हुदैन । धर्मेश्वर धारापानी क्षेत्र भित्र पूर्वाधार निर्माण तथा संरक्षण योजनाको लागि चालु आर्थिक बर्षमा ७ करोड अनुमानित वजेट भएपनि २ करोड ४५ लाख समुपरक कोषबाट न.पा.ले र ४ करोड ५५ लाख पर्यटक मन्त्रालयबाट बिनियोजन भएको खडकाले बताए । उक्त योजनाको लागि ३ वटा कम्पनिले आवेदन दिए पनि २ वटाको प्राविधिक कागजात नमिलेको र एउटाको कागजि प्रकिर्या मिलेको खडेकाले वताए । पबलिक परोकमेन्ट मोनिटरीङ् कार्यालयले मात्र रकम देखन पाईने छ । रकम भरेको नगरपालिकाले देख्न पाउँदैन अधिकृत खड्काले बताए ।
योजना र्फिज नहुन दिनकोलागि पर्यटन मन्त्रालायसंग बातचित गरेर इआइई र माटो परिक्षण योजना संचालन भन्दा पहिले गराउने भने शर्तमा ठेक्का परकिर्या अगाडि बढेको उनले बताए । उक्त प्राविधिक पूर्वपरिक्षणको लागि ७ करोडबाट नै २५ लाख छुटियाएको समेत निमित प्रमुख प्रशासकिय अधिकृत नवराज खड्काले वताए ।
प्रतिक्रिया