कञ्चनरुप नगरपालिकामा ७० जना भन्दा बढी लागू औषधको दुर्वयसनी

  • असार १२, २0७६
  • 0
...

कञ्चनपुर, असार ११ गते । कञ्चनरुप नगरपालिकामा लागू औषधको दुर्व्यसन गर्नेको सख्या बढ्दैछ ।             

       कञ्चनरुप नगरपालिका भित्र ७० देखी ८० जना व्यक्ति दैनिक रुपमा लागू औषधको दुर्व्यसनमा लागेको एक अध्ययनले देखाएको छ । लागू औषधको दुर्व्यसन समाज र देशलाई मात्र नभएर पुरै बिश्वलाई नै पिरोली रहेको छ  तर कञ्चनरुप नपाका सरोकारवाला व्यक्तिले यो समस्या समाधान गर्न कुनै पहल नगरेको स्थानीय वासीहरुको भनाईछ।
     भन्दा अत्युक्ती नहोला । हाम्रा असंख्य युवा तथा श्रृजनशिल जमात लागू पदार्थको कुलतमा डुबेका छन । लागू पदार्थको दुर्व्यसन भन्नाले चिकित्सक वा स्वास्थ कर्मीको सल्लाह वा परामर्श बिना आफु खुसी औषधी प्रयोग गर्ने कार्य वा प्रबृतीलाई लागू पदार्थको दुरुपयोग भनी बुझिन्छ ।
    कुनै व्यक्तिलाई सधै भरी लागू औषधको सेवन गरि रहनु पर्ने अबस्थाको श्रृजना हुनु र सेवन गर्ने व्यक्तिको मानसिक र शारिरिक अवस्थामा परिवर्तन आउने कार्य नै दुर्व्यसन हो । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध  अन्तराष्टिय दिवस हिजो मात्रै देशभर भव्य रुपमा मनाइयो तर कञ्चनरुप नगरपालिकामा यस सम्बन्धी कुनै गतिविधि भएन । 
    लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस २६ जुन २०१९मा भएकोले सप्ताहव्यापी कार्यक्रम गरी मनाउन सबै पालिकाहरुलाई गत असार ५ गते पत्राचार गरेको थियो ।  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आईतबार इलका  प्रहरी कार्यालय कञ्चनपुरले लागुऔषध दुव्र्यसनी विरुद्धको सचेतनामुलक सडक नाटक प्रर्दशन गरेका थिए । प्रहरीले लागु औषध दुव्र्यसनी विरुद्ध नगरमा विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको इप्रका कञ्चनपुरका डिएसपी मकेन्द्र कुमार मिश्रले बताए ।  कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले अगामी आर्थिक वर्षमा यस विषयका ठोस काम गर्न कार्ययोजना बनाउने बताए । 

 

प्रतिक्रिया