फूसको छाना फेर्न आएको रकम पक्की घर भएका वडाअध्यक्षको ज्वाई र आफ्नतलाई अनुदान

  • भाद्र २५, २0७८
  • 0
...

राजकुमार साह
कञ्चनपुर,भदौं २५ गते ।
सप्तरीको कञ्चनरूप नगरपालिका–१  मा फूसको छाना फेर्ने अभियान अन्तगर्त संचालितसुरक्षित नागरिक आवास कार्यक्रममा पक्की घर भएकालाई अनुुदान दिइएको पाइएको छ ।

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ अनुसार गरिवको रेखामुनी  रहेका घरपरिवार जस्तै घरको छाना पराल, खर , स्याउल , आसबेसट्स,  विटुमिन ड्रम वा यस्तै प्रकृतिका आगो, पानी  तथा हुरीबाट सहजै प्रभावित हुन सक्ने अन्य सामाग्रीबाट छाएको तथा घरवार विहिन भएका  लाभग्राहीलाई लगायतको घर निमार्णको लागि आएको अनुदान कञ्चनरुप नगरपालिका–१को वडा जनप्रतिनिधि र कर्मचारीले  रकम उठाएर आर्थिक रुपले सम्पन्नलाई समेत दिएको पाइएको छ । 

उक्त कार्यविधि र मापदण्ड विपरित वडा नम्बर १ का वडा अध्यक्ष करिम शेखले भौतिक पूर्वधार निर्माणले सम्पन रहेका आफन्तहरुलाई सुरक्षित नागरिक आवासको लागि नाम  सिफारिस गरेको देखिन्छ । वडा नं.१ले गत आर्थिक वर्षमा ३० जनाको नाम सिफारिस गरेको थियो । गएको आर्थिक बर्ष २०७७÷०७८ मा कञ्चनरूप नगरपालिकाको रोजगार सेवा केन्द्रले  सुरक्षित नागरिक  आवास कार्यक्रम अन्र्तगत अति विपन र गरीवि रेखामुनी रहेका घरपरिवार छनौट गरी  प्रत्येक वडाबाट ३० जना लाभग्राहीको नाम पठाउन  चैत्र ६ गतेमा वडा कार्यालयहरुलाई पत्रचार गरेको थियो । 
आर्थिक रुपले सम्पन्न वडाअध्यक्षको ज्वाईले पाए तर प्लाष्टिकले घर छाएकाले पाएन :

वडा कार्यालयले घरका लागि सिफारिस गरेकामध्ये खुशमुल शेख वडा अध्यक्ष करिम शेखका ज्वाई हुुन । वडाअध्यक्ष करिम शेखकै आफन्त मोहम्द अजिल शेखका पक्की घर हुदाहुदैँ पूmसको छाना फेर्नका लागि आएको रकम दिइएको छ । स्थानीय मासुका खातुन र नसिव मन्सुरीका घर समेत सुरक्षित नागरिक आवास कार्यक्रम अन्तगर्त छनौट नहुनुु पर्ने हो तर उनीहरुले पनि रकम पाएका छन् ।

उक्त वडा नं. १ मा आफन्त,नातागोतालाई र बिचोलियाको पहुँचमा वडा कार्यालय रहेकोले  सिताराम खंग र मरियम खातुन जस्ता विपन नागरिक सुरक्षित नागरिक आवासबाट बञ्चित भएका स्थानीयले पिडा व्यक्त गरेका छन् ।  सुरक्षित नागरिक आवास कार्यान्वयन कार्याविधि बमोजिम अनुदान कार्यक्रमबाट लाभान्वित हुने उदेश्यले कुनै व्यक्ति झुटा विवरण पेश गरेमा वा त्यस्तो व्यहोरा सिफारिस गरेको ठहर हुन आएमा त्यस्ता व्यक्तिलाई  प्रचलित कानुन बमोजिम कारवाही हुने व्यवस्था रहेको छ । तर  कञ्चनरुप नगरपालिका वडा नम्बर १का जनप्रतिनिधि तथा कर्मचारीहरु बाढी पीडितका राहत देखी कोरोनाको लागि आएको राहतमा समेत खुल्लेआम भ्रष्टाचार गरेको उजुरी नगरपालिकामा दिएपनि कुनै कार्यवाही नभएको वडावासीहरुको भनाई रहेको छ ।
      
कार्यपालिका सदस्यका पतिद्धार रकम असुुली गरेको आरोप :
कार्यपालिका सदस्य फुलाे देवी साहका पति राधेश्याम साहले  घर बनाउन नमावली छनौट गरिदिए वापत ५ हजार ५ सय रुपैया सहित खाजा बापत थप ३ सयको दरले  रकम लिएको सरदारले बताए । त्यसै गरी वडा अध्यक्ष करिम शेखको अगाडी पछाडि गर्ने उमर शेखले समेत पहिलो पटक ३ हजार रुपिया लिएको अर्को पिडित दुर्गादेवि सरदारले बताईन । 

वडा कार्यालयबाट लाभग्राहीको नाम छनौट भएर रोजगार सेवा केन्द्रमा  पुगेपछि न.पा.ले पहिलो किस्ता वापत ६० प्रतिशत २९ हजार ५ सय   लाभग्राहीको खातामा पैसा पठाएको निमित प्रशासकीय  अधिकृत नवराज खड्काले बताए । 

उक्त पैसा बैँकबाट २ पटक गरी वडा नं. १ का लाभग्राहीले निकालेको छ । लाभग्राही मध्येका रेशमलाल सरदारका अनुसार बैँकबाट पहिलो पटक २४ हजार ५ सय र दोस्रो पटक ५ हजार पैसा निकाल्दा कार्यपालिका सदस्य फूलोदेवि साहको पति राधेश्याम साहले पहिलो पटक ३ हजार र दोस्रो पटक २५ सय गरी ५ हजार ५ सय रुपैया लिएको  बताए । 
पैसा लिएको विषयमा बुुझदा कार्यपालिका सदस्य फूलोदेवि साहले कसैबाट रकम नलिएको दावी गर्दै  उल्टै बैँक लगेर सहयोग गरेको बताइन् ।

प्रतिक्रिया