दुर्घटना भएर जनता मरेपछि आउँछ जनप्रतिनिधि र पुलिस ?

  • असार १४, २0७६
  • 0
...

कञ्चनपुर,असार १३ गते । कञ्चनरुप नगरपालिकाले नगरभित्र जडान गरेको सोलार बिग्रिएपनि त्यसको मर्मत सम्भार नगर्दा समस्या भएको छ ।            

               कञ्चनरुप नपा–८ बजार स्थित सरस्वती पुस्तक पसल नजिक सोलारको  पोल ढल्ने अवस्थामा पुगेको भएपनि नगरपालिकाले त्यसलाई व्यवस्थापन गर्न कुनै सुनवाई नगरेको स्थानीयहरुको गुनासो छ ।            
         ‘सोलार पोल कुनै बेला पनि ढल्न सक्छ,हाट लाग्ने ठाउँ भएकोले मान्छेहरुको भिडभाड हुन्छ । पोल ढलेपछि दर्जनौं व्यक्तिको ज्यान जोखिममा छ ।’ नगरपालिकाका मेयरका प्रत्यासी उम्मेदबार समेत रहेका काग्रेसका नेता ललनप्रसाद गुप्ताले भने ‘ म आफै नगरप्रमुख वसन्तकुमार मिश्रलाई यो पोलबारे स्थलगत रुपमै देखाएर पोल सार्न आग्रह गरे ,त्यक्तिले नपुगेर वडाअध्यक्ष राजकुमार साहलाई समेत आग्रह गरे तर कसैले समस्या समाधान गर्नेतर्फ ध्यान दिएन ।’  ‘म नगरपालिकाको प्रत्यासी मेयर,नेपाली काग्रेसको क्षेत्रिय सभापतिको कुरा त नगरप्रमुख र वडाअध्यक्षले सुन्दैनन् भने सर्वुसाधरणको गुनासो कसरी सवोधन हुन्छ ? तपाईहरु आफै कल्पना गर्नुस् । ’ नेता गुप्ताले भने ‘केही सीप नलागेर मैले प्रहरीलाई समेत यो समस्याबारे जानकारी गराए तर वहाँहरुबाट समेत कुनै पहल भएन, दुर्घटना भएर जनता मरेपछि आउँछ जनप्रतिनिधि र पुलिस ?’            
   यता कञ्चनरुप नगरपाकिलका  ८ का वडाअध्यक्ष राजकुमार साहले बजारमा सोलारको पोलबारेको समस्या आउन वितिकै वडा कार्यालयबाट हामीले नगरपालिकामा जानकारी गराईसकेको बताए ।

प्रतिक्रिया