कञ्चनपुर,असार २२ गते । कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्रले कुपोषणबारे सबै वडाका सर्वसाधरण जनतालाई बढीभन्दा बढी बुझाउनु पर्ने आवश्कता रहेको बताएका छन् ।
कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आईतबारमा प्रकोप जोखिम व्यवस्थापन तथा आकस्मिक पोषण कार्य योजना निमार्ण सम्बन्धि एक दिने गोष्ठीमा बोल्दै नगरप्रमुख मिश्रले सो कुरा बताएका हुन् ।
प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर संजीव झाले गाउँ तथा नगरपालिका स्तरमा पोषण विषयगत क्षेत्रको स्थापना गरी क्लष्टर समन्वय संरचना तथा सूचना व्यवस्थापन प्रणाली स्थापना गर्ने,नगरपालिका स्तरीय पोषणसँग सम्बन्धि विपद् जोखिम व्यवस्थापनको लागि आकस्मिक पोषण कार्ययोजना तथा परिमार्जन गर्ने र तयार पारिएको आकस्मिक कार्ययोजना अनुरुप विपद् प्रभावित क्षेत्रमा आकस्मिक पोषण कार्यक्रम कार्यान्वयन गर्ने गोष्ठीको उद्देश्य रहेको बताए । ‘कुपोषको दीर्घकालिन असर र प्रभाववारे सर्वसाधरण जनतालाई बुझाउनु अनिवार्य छ ।’ नगरप्रमुख मिश्रले भने ‘ कञ्चनरुपका कुपोषित बच्चा उपचारका लागि राजविराज जानु पर्दैन,श्रावणपछि नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा त्यसको उपचारको व्यवस्था मिलाउँछ ।’
कञ्चनरुप नगरपालिकाको उप–प्रमुख निरु पोखरेलले नगरपालिका भित्र कुपोषित बालबालिकाहरुको अवस्था थाह भएकार र दिनप्रतिदिन त्यो संख्या वृद्धि भइरहेको कुरा धेरै गम्भिर रहेकोले त्यसतर्फ समयमै सबैले विचार गर्नुपर्ने बताईन ।
कार्यक्रमकी सहजकर्ता अम्बिका ओलीले खानेकुराको कमीभन्दा खाने कुरा कसरी खाने ? त्यो थाह नभएर बढी कुपोषणको शिकार भइरहेका बताएकी थिईन् । ‘ पोलेको र डढेको खाने कुरा त खानै हुन्न,यसले क्यान्सर जस्तो घातक रोग निम्त्याउँछ ।’ ओलीले भनिन् ‘ प्रविधिको कारण आमाहरु समेत सिरियल हेरेर बस्छ तर बालबालिकाहरुलाई खानेकुरा पकाएर खुवाउदैन,बरु जंकपूmड किनेर खाने उत्प्रेरित गर्छ ।’
प्रत्येक वार्डमा कुपोषित बच्चाहरुको पहिचान गर्न शिविर आयोजना गर्नुपर्ने कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा संयोजक डम्बर प्रसाद गुप्ताले जोड दिएका थिए । विपतमा बालबालिकाहरुलाई कुपोषित हुनबाट जोगाउन छुटै कार्ययोजना आवश्यक रहेको र त्यसको लागि संरचना आवश्यक भएकाले विपत व्यवस्थापन अन्तर्गत स्वास्थ्यको छुटै उपसमिति गठन गर्नु पर्ने निणर्य भएको संयोजक गुप्ताले बताए ।
प्रतिक्रिया