राजकुमार साह
कञ्चनपुर,असोज २२ गते । सप्तरीको कञ्चनरूप काङ्ग्रेसमा परिवारवाद मोहले क्रियाशिल सदस्यताको विवाद पुनः बिवाद भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ का सह–सभापति तथा मेयर पदका प्रत्याशी उमेदवार ललन प्रसाद गुप्ताले पार्टीमा आफ्नो बर्चस्व कायम गर्नको लागि पत्नी सरस्वतिदेवि गुप्तालाई वडा नं. १० बाट समेत क्रियाशिल दिलाएको छ ।
प्रदेश २मा सदस्यताको बिबाद भएपछि काङ्ग्रेसको १४ औँ महाधिवेशनका लागि १३ औँ महाधिवेशनमा क्रियाशिल सदस्यता नविकरण भएको नाम मात्र सिफारिस गरेर पठाउन काङ्ग्रेसले परिपत्र गरेको थियो । वडा समितिबाट सफिारिस नभएका र नपाउने व्यक्ति समेत सदस्यता पाएको देखदा पार्टीको नीति नियम विपरीत कार्य भएको कञ्चनरुप नपा–८का एक क्रियाशील सदस्यले बताए ।
राजनीतिक शक्तिको दुरूपयोग गरेर ललन गुप्ता वडा नं. १० बाट पत्नी सरस्वतीदेवि गुप्तालाई क्रियाशिल सदस्यता दिलाएको स्रोतले बताए । सह– सभापति ललन गप्ताले पत्नी सरस्वतीदेवी गुप्तालाई होइन,छोरा निरज कुमार रौनियार कञ्चनरुप नपा ८बाट सदस्य दिलाएको छ । ललन गुप्ताले वडा ७ बाट अर्का छोरा अकाश कुमार गुप्ता रौनियारलाई पुरानो क्रियाशील भन्दै नवीकरण गराएका छन् ।
१३ औं महाधिवेशनमा नाम नभएपनि वडा नम्बर ४मा गुप्ताले आफनो मित्त जोगिन्द्र पासवान,शैरुन निशा र विवेक कुमार साहलाई सदस्यता दिलाएको छ । शैरुन निशाका पति मोहम्द नेसार मियाका पत्नी हुुन् । नसार आपूm भने कञ्चनरुप नपा ८बाट क्रियाशील सदस्यता नवीकरण गराएका छन् ।
आफ्नो व्यक्तिगत राजनीतिक लाभ लिनको लागि गुप्ताले परिवारका सदस्यहरुलाई अर्को वडाबाट समेत सदस्यता दिलाउनको कारणबारे स्रोतले भने‘वडा महाधिवेशनबाट समितिमा आफ्नो परिवारको व्यक्ति रहेमा पार्टी नियन्त्रण गर्न सजिलो हुन्छ ।’
गुप्ताले आफन्त र नजिककालाई मात्रै सदस्यता दिलाउन मरिहत्ते गरेपछि काङ्ग्रेसमा लामो समयदेखी लागेकाहरु बिचकिएका छन् । यस सन्दर्भमा वडा नं.१० का समिति सभापति हरिन्नदन गोईतसंग बुझदा क्रियाशिल फाराममा पतिको नाम उल्लेख नरहेको तर सरस्वतीदेवि गुप्ताको बुवा गोबिन्द रौनियार उल्लेख रहेको बताए । जबकि कुनै पनि फाराम भर्दा बिवाहित महिलाको पतिको नाम उल्लेख गर्नु पर्ने कानुनी व्यवस्था छन् । त्यस्तै पालिकाका काङ्ग्रेस वडा समितिका सदस्यहरुका अनुसार सिफारिस नगरेका व्यक्तिहरुको समेत नाम कसरी नविकरण भएर सदस्यता पाएको छ,स्वयम काग्रेसीहरु समेत अच्चम परेका छन् ।
वडा नं. २ मा नेपाल सरकारका स्थायी कर्मचारीका रूपमा कार्यरत रहेका शिक्षक राजेन्द्र प्रसाद यादवले समेत पार्टीको सदस्यता पाएको छ । समितिका सदस्यका अनुसार यादवको नाम सिफारिस नगरेपनि कसरी कुन प्रक्रियाबाट सदस्यता लिएको जनकारी नरहेको बताए । उक्त वडामा सदस्यता लिनको लागि परिवारको मोह पर्सट देखिन्छ । बैद्यनाथ गुप्ताले आफ्नो परिवारबाट ७ जनालाई सदस्यता दिएको छ भने, वडा सभापति असोक झाले ६ जनालाई सदस्यता दिएका छन् ।
वडा नं. ३ बाट ५२ जनाको नाम समितिले सिफारिस गरेकोमा ६७ जनाको नाममा सदस्यता नबिकरण भएको काङ्ग्रेस सदस्य ओम साहले बताए । उनी आश्चर्य मान्दै भने, ६७ जना मध्ये श्याम कुमार चौधरी, मुखिलाल चौधरी, सचिता चौधरी र किसनिदेवि चौधरीको नाम कसरी थप भएको हो ? साथै ५ जना सदस्यको नाम सदस्यतामा दोहरो परेको समेत साहले बताए । त्यसैगरी वडा नं. ९ मा ६३ जनाको नाममा सदस्यता नविकरण भएको छ । जसमध्ये १० जनाको नाम वडा समितिबाट सिफारिस भएको थिएन । स्रोतका अनुसार भुवनेशोवर यादव, भरत यादव, रामकुमारी यादव, राम यादव, चन्द्रीका यादव , रूपेश यादव, भोला यादव, दुस्खन यादव, सुनिलकुमार यादव र लालमोहन यादवको नाममा कसरी कुन प्रकिर्याबाट सदस्यता मिलेको बुझन नसकेको बताए ।
कांग्रेस महाधिवेशनमा शिक्षक र कर्मचारीलाई प्रतिनिधि नबनाउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
उच्च अदालत पाटनले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकहरुलाई प्रतिनिधि नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सुनिल बोहराले दायर गरेको रिटमा न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले बुधबार सो आदेश जारी गरेको हो । बोहराले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकहरुहरुलाई प्रतिनिधि बन्ने÷बनाउने काम रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए ।
अन्तरिम आदेश माग गरिएको सम्बन्धमा अदालतले कात्तिक ७ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ । त्यतिन्जेलसम्मका लागि विपक्षीहरुलाई राजनीतिक कार्यमा सामेल नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो । बोहराको रिटमा अन्य राजनीतिक दलमा समेत शिक्षक तथा कर्मचारीहरुलाई राजनीतिक गतिविधिमा संलग्न नगराउन आदेश माग गरिएको छ ।
सप्तरी कांग्रेसमा फेरि विवाद : पूरानो सदस्यतामा नयाँ मान्छे
कांग्रेस सप्तरीको क्रियाशील सदस्यताको विवाद पुनः चर्किएको छ । नयाँ क्रियाशील सदस्य थप गर्न विवाद भएपछि क्रियाशील सदस्यता छानविन समिति र कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सप्तरी निर्वाचन क्षेत्र नं. १, २ र ४ मा १३ औँ महाधिवेशनकै मतदाताबाट अधिवेशन गराउने निर्णय गरेको थियो ।
तर, जिल्लामा संस्थापन पक्षले पूराना सदस्यलाई हटाएर तिनको ठाउँमा नयाँ मान्छेको नाम इन्ट्री गराएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह विरोधमा उत्रिएको हो । पौडेल समूहले सदस्यता नं. र ठेगाना पुरानै राखेर नयाँ मान्छे थपिएको आरोप लगाएको हो । त्यही विषयमा पार्टी र केन्द्रीय नेताहरुको ध्यानाकर्षण गराउन जिल्ला सचिव रामकुमार यादवसहित नेताहरु रामदेव शाह, उमेश बस्नेत लगायत काठमाडौं आइपुगेका छन् ।
‘क्षेत्र नं. १ मा ४८ वडा छन् । जहाँ १३ औँ महाधिवेशनका मतदाताको नामावलीमा व्यापक हेरफेर गरिएको छ,’ सचिव यादवले भने, ‘जिल्ला सभापतिजीले मृत्यु भएको व्यक्तिको सदस्यता नम्बरमा अर्को मान्छेको नाम हालेर पठाउनुभएको रहेछ, जुन हाम्रो विधान विपरीत छ ।’ हरेक जसो वडामा जिल्ला सभापति दिनेशकुमार यादवले षड्यन्त्रमुलक ढंगले आफ्नो गुटलाई फाइदा पुग्ने गरी नयाँ नामहरु इन्ट्री गराएको उनको आरोप छ ।
‘यसैगरी हरेक वडामा १०÷१२ जनाको नाम थपिएको रहेछ । हामीले त्यसरी नवीकरण भएर नामावली प्रकाशित भएपछि मात्रै थाहा पायौँ । विधि पद्धति र विधान विपरीत यसरी सदस्यता थपेर संगठन कब्जा गर्ने नियत उहाँको देखिन्छ,’ सचिव यादवले भने । सप्तरीमा करिब ९ हजार क्रियाशील सदस्य छन् ।
तीमध्ये त्यस्ता फर्जी सदस्यको नामावली कति छ भन्ने यकिन गर्न नसकिएको सचिव यादवले बताए । ‘पूरानो सदस्यताको नामावली छ । त्यसमा अहिले प्रकाशित नामावली जुधाएर हेरेपछि थाहा हुन्छ,’ उनी भन्छन्, ‘हामीले सच्याउन आग्रह गरेका छौँ । नसच्चिए आमरण अनसन बस्नुपर्ने हो कि के गर्नुपर्ने हो । हामी तयार छौँ । तर, त्यस्तो विधिविपरीतको कार्य हामीलाई स्वीकार्य छैन ।’ जिल्ला सभापति यादव भने सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिसँग नजिक छन् । यसअघि पनि सप्तरीबाट सिफारिस भएको सदस्यता विधिविपरीत भएकै कारण नयाँ सदस्यता स्वीकृत भएको थिएन ।
कांग्रेसले सप्तरीको विवाद मिलाउन नसकेपछि पूरानै सदस्यबाट महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार सदस्यता नवीकरणपछिको सदस्यता सूची सार्वजनिक भएसँगै पुनः विवाद चुलिएको हो । मधेशका सबैजसो जिल्लामा यस्तै विवाद छ । सर्लाहीमा पनि त्यस्तै समस्या भएको भन्दै बसबरिया गाउँपालिका–१ का ७१ वर्षीय राम गोविन्द यादव ५ दिनदेखि आमरण अनसनमा बसेका छन् । मधेशकै रौतहटमा पनि क्रियाशील सदस्यको विवाद टुंगिएको छैन । त्यहाँका नेताहरु पनि केन्द्रीय कार्यालयमा रिले अनसन गरिरहेका छन् । कांग्रेसले अझैपनि ४ जिल्लाको सदस्यता विवाद मिलाउन सकेको छैन ।
प्रतिक्रिया