कञ्चनपुर,कार्तिक २गते । दुई दिनदेखि लगातारको हावाहुरी सहित अविरल बर्षाका कारण सप्तरीको कञ्चनरुप नगरपालिका लगायत विभिन्न ठाउँमा किसानले काटेको धान खेतमै डुबेको छ ।
कञ्चन्पुर नगरपालिका क्षेत्र स्थित बैरवा,बरमझिया, बदगामा,जगतपुर र ठेलियामा किसानले लगाएका विभिन्न जातको धान मध्ये कान्छी मसलिम र ६० धान पाकिसकेको हुँदा केही दिनदेखि काटेको थियो । तर, अचानक आएको बेमौसमी बर्षाको कारण खेतमै धानको पात्त पानीले डुबेको छ भने,खेतमा लागेको धानवाली समेत हावाहुरीले खसाइ दिएको छ ।
अधिकांश किसान ऋण गरेर धान खेती गर्ने गरेका छन् । चर्को मुल्यमा बिऊ र मलखाद्य किनेर खेती गरेका किसानलाई थप समस्या सिर्जना भएको छ l
‘महुली खोलामा आएको बाढीले कञ्चनरुप नगरपालिकाका वडा नम्बर ३,११ र १मा सबभन्दा बढी क्षति पु¥याएको छ ।’ जनता समाजबादी पार्टीका यूवा नेता थापा यादबका अनुसार खोला खेतमा पस्दा पाकी सकेको धान नष्ट भएको छ भने कतिपय किसानले काटेको धान बगाएर लगेको छ ।
अचानक परेको पानीले किसानको मेहनतलाई डुबाएको बताउँदै कञ्चनरुप नपा १का अनिल पजियारले भने,‘ म लगायत दर्जनौं किसानको खेतमा काटेको धान पानीले डुबाएको छ ।’
पजियारका अनुसार किसानले धान बालीको लागि लिएको रिन सरकारले माफ गर्नु पर्ने समेत बताए । साथै , बर्षाबाट प्रभावित भएका किसान र बिपनहरुलाइ तत्कालै सम्बन्धित निकाय उधार तथा राहतकार्यको समेत ब्यवस्था गर्नुपर्ने पजियारले बताए ।
प्रतिक्रिया