कञ्चनपुर, कार्तिक ३ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित बुधवार बाढीले कटान गरेको सडक तर्ने क्रममा एक युवक वेपत्ता भएको प्रहरीले जनाएको छ ।
झण्डै ६५ मिटर कटान भएको सो सडक भएर तिलाठीबाट रमपुरा मल्हनियातर्फ जाने सोही नगरपालिका–९ का २३ वर्षीय लालु भन्ने जितेन्द्र मण्डल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
मण्डलसँगै बगेका सोही ठाउँका २८ वर्षीय संजिव कुमार मण्डल भने तरेर कटान तर्न सफल भएको उनले बताए ।
अबिरल बर्षा कारण सप्तरीमा लाखौंको क्षती
बुधबार सप्तरीको बिष्णुपुर गा.प.३ बस्ने जैवा मण्डलको काचो ईटाको भिता भएको माथि अल्बेसटरले छाएको फुसको १ कोठे घर भत्किएपछि २५ हजार, पृथ्बि नारायण मण्डलको गाई गोठ लडेपछि २५ हजार, रामालित मण्डलको फुसको ५ कोठे घर लडदा ७० हजार, राजदेव मण्डलको फुसको १ कोठे घर लडेपछि ३० हजार बराबरको क्षेति भएको प्रहरीले जनाएको छ ।
मंगलबार सप्तकोशी न.पा. ९ स्थितमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा गाई बस्तुहरु चराउन लगेको हुदाँ चराई फर्किने क्रममा पौडा खोलामा आएको बाढीले कंन्चनरुप न.पा.५ पुर्वी पिपरा बस्ने चतुरदेव तमाङगको बाछा १,रामानन्द चौधरीको गाई १ वटा,सुखी चौधरीको बाछा १ वटा,नरेश चौधरीको बाछी १ वटा, वैकप सदाको बाछा २ वटा,सुरेन्द्र चौधरीको गाई १ वटा, धन सदाको बाछी १ वटा बगेको छ ।
बुधबार विहान परेको अबिरल बर्षाको पानिले जिल्ला सप्तरी तिलाठिकोईलाडी गा.पा. ५ र ७ स्थितमा रहेको जित्ता खोलामा पानिको बहाब बढेको कारण तिलाठिकोईलाडी गा.पा. ५ सारदा टोल बस्ने सनिचर सरदारको फुस छानो बासको टाटि बेराले बनेको एक कोठे भान्सा घर पुर्ण रुपमा क्षति गरेको छ ।
सोही ठाउँका महेन्द्र सरदारको फुस छानो बासको टाटि बेराले बनेको एक कोठे भान्सा घर पुर्ण रुपमा क्षति गरेको छ ।त्यस्तै गुडु सिंहको फुसको छानो बासको टाटि बेराले बनेको ए टु जेड कृषि फर्ममा पानि पसि फार्म भित्र रहेको ६०० पिस बोईलर कुखुरा पानिमा डुबि क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया