कञ्चनपुर,कार्तिक ६ गते । सप्तरीको कञ्चनरुप नगरपालिका –५पिपरा पोखरिया टोल स्थित पौडा खोलाको बाँध बस्ती नजिकै करिब चार सय मिटर बाँध कटान भएपछि गाउँका सर्वसाधरण प्रत्येक वर्ष दुुःख पाउँदै आएका छन् । तर तीन तहमध्ये कुनै पनि सरकारले बाँध बाध्न पहल गरेको छैन ।
गत कार्तिक २ गते मंगलबार आएको बाढीले एउटै गाउँका २५ वटा पशुु चौपाया बगाएका छन् ।स्थानीय हरिलाल यादबका अनुसार उनका चार छोराहरुको गरेर ७ वटा पशुु चौपाया बाढीले बगाएका थिए । कतिपय नदीमा तर्न नसकेर मरेका थिए ।
सप्तकोशी न.पा. ९ स्थितमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा गाई बस्तुहरु चराउन लगेको हुदाँ चराई फर्किने क्रममा पौडा खोलामा आएको बाढीले कंन्चनरुप न.पा.५ पुर्वी पिपरा बस्ने चतुरदेव तमाङगको बाछा १,रामानन्द चौधरीको गाई १ वटा,सुखी चौधरीको बाछा १ वटा,नरेश चौधरीको बाछी १ वटा, वैकप सदाको बाछा २ वटा,सुरेन्द्र चौधरीको गाई १ वटा, धन सदाको बाछी १ वटा बगेको छ ।
जसपाका स्थानीय नेता कबिर चौधरीका अनुसार विगत एक बर्षदेखी भत्किएको उक्त बाँध बनाउन पहल गरेपनि अहिलेसम्म सबैले फोटो मात्रे खिचेर लगेको तर समस्या समाधान नगरेको बताए । उनले भने,‘ सबै पार्टीका नेता,नगरपालिका,प्रदेश र संघीय सरकारमा समेत उजुरी दिदा समेत बाँध नबाँधिएपछि जनता दुु ः ख पाइरहेको छ । ’
जनप्रतिनिधिहरुले समेत समस्या समाधान नगरेको बताउँदै स्थानीय यूवा वसन्त सरदारले भने,‘ भोट लिनेबेला जनताको हरेक समस्या सामाधान गर्ने प्रतिबद्धता व्यक्त गर्ने नेताहरु चुनाव जितेपछि जनतालाई वेवास्ता गरिरहेको बताए । उनले भने,‘ हामी जनता सबैलाई भन्दा भन्दा थाकी सक्यौं, अव त विनासलाई नियमित सम्झेर बस्न बाध्य भएका छौं ।’
प्रतिक्रिया