कृषि सडक निर्माणका लागि सिफारिस नदिएपछि वडामा तालबाबन्दी

  • कार्तिक ९, २0७८
  • 0
...

राजकुमार साह
कञ्चनपुर, कार्तिक ८ गते । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं.१ मा कृषि सडक निर्माणका लागि सिफारीस नदिएपछि स्थानीयहरुले वडा कार्यालयमा तालबन्दी गरेको छ ।

सडक निमार्णका लागि सिफारिस माग्दा वडा अध्यक्ष करिब शेखले सिफारीस दिन ईक्कार गरेपछि सेवाग्राहीहरुले वडा कार्यालायमा तालाबन्दी गरेका हुन् । 

सेवाग्राही मध्येका प्रदीप कुमार साहका अनुसार भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रलायका कृषि विकास निर्देशनालय नक्टाझि धनुषाले आर्थिक बर्ष २०७८÷७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार कृषि उत्पादनमा संलग्न फर्म उधमीले आफनो फर्म वा उद्यम स्थलसम्म पुग्ने अधिकतम २ सय मिटर लामो निजी कृषि सडक निर्माण गर्ने परिपत्र अनुसार सिफारीस माँग्न जाँदा वडा अध्यक्षले सिफारीस नदिएको साहले बताए । 

गएको १ वर्षदेखि मिनाक्षी गाई, भैसी, बाख्रा तथा माछा फर्म संचालन रहेकोले बाटोको कठिनाईका कारण महेन्द्र साहको घरदेखि राजेश्वर प्रसाद साहको खेत सम्म बाटोको सिफारीस माग्दा वडाअध्यक्ष करीम शेखले अनेक वहनावाजी र पूर्वाग्रह राखेर सिफारीस नदिदा बाध्य भएर तालाबन्दी गरेको साहको दावी छ ।

जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता अर्जुन पजियारका अनुसार उक्त बाटोका सिफरीस मागदा वडा अध्यक्ष करीम शेखले माग गरेको बाटोको सिफारीस वडा सदस्य शैलेन्द्र यादवलाई दिईसकोले पुनः उक्त बाटोको सिफारीस दिन नमिल्ने जनाएको बताए । तर , वडा अध्यक्ष शेखसंग सिफारिस गरेका बाटोको चलानी दर्ता नम्बर हेराउन मागदा नदिएपछि बाध्यभएर वडा कार्यालयमा तालाबन्दी गरेको बताए ।  

यस सन्र्दभमा वडाअध्यक्ष करीम शेखसंग बुझदा निवेदक प्रदिप साहले कुषि सडक बाटोको लागि माग गरेको सिफारीस अनुसार उक्त बाटोको एक दिन पहिलो नै महेन्द्रलाई सिफारीस दिईसकेको बताए । उनले भने,‘त्यही बाटोको लागि पुनः सिफारीस दिन मिलने नमिलने सन्र्दभमा पालिकासंग बुझेर मात्र केहि भन्न सक्छु ।’

प्रतिक्रिया