कञ्चनरूपका होटेल र फलपूूmल पसलमा अनुगमन : गुणस्तरहीन खाद्यय समान नष्ट

  • कार्तिक १५, २0७८
  • 0
...

कञ्चनपुर,कार्तिक १४ गते । सप्तरीको कञ्चनरूप स्थित कञ्चनपुर बेरियरमा आईतबार घरेलु तथा साना उद्योग र खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजबिराजको संयुक्त टोलीले अनुगमन गर्दा पसलेहरूले गुणस्तरहीन र म्याद गुजे्रको समान बिक्रि बितरण गरिरहेको बरामत गरेका छन् ।

अनुगमन टोलिले ८ ओटा पसलमा अनुगमन गर्दा २ओटा होटलमा स्प्राईटको म्याद गुजे्रको फेला पारेको थियो । पसलमा घुटका, रजनीगन्धा, खुलारूपमा विना इजाजत विक्रि बितरण गरिरहेको पाइएको थियो । त्यस्तै मिठाईको प्रकार समेत खुलामा राखेर बिक्रि बितरण गरिरहेको थियो । एक होटलमा प्याकेटवाला दुधको गुनस्तर समेत बिगरी सकेको सामान बरामद गरेको थियो ।

अनुगमन टोलिले २ ओटा फलफूलको पसलमा अनुगमन गर्दा महगो आईटम काजु , किसमिस ,बदाम समेतको गुनस्तरहीन र म्याद गुजे्रको समान बिक्रि बितरण गरी रहेको पाईएको थियो ।

 ३ ओटा किराना पसलमा अनुगमन हुँदा भारतीय खैनी , राजनिवास विना ईजाजत पत्रको बिक्रि बितरण गरिरहेको पाईएको थियो । सागर दुधमा म्याद गुजे्रको हुँदा समेत बिक्रि बितरण गरिरहेको थियो । खाने तेल परमात्मा बोतल भएको ४ लिटरको बिलभोचर नहुनुको साथै तेलको गुणस्तर समेत गुजे्रको बरामद टोलीले गरेका थिए । 

अनुगमनमा टोलीले पसल दार्ता नभएकोलाई १५ दिन भित्र दर्ता गराउने निर्देशन पनि दियो । साथै टोलिले अनुगमन गर्दा अधिकांश पसलले समानको मूल्य सूची नभएको, साईनवोर्ड नभएको , बिक्रि विल दिने प्रक्रिया नभएकोले कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय राजबिराजमा १७ गते सम्ममा सम्पर्क गर्ने निर्देशन समेत दिएको छ ।

अनुगमनमा म्याद गुजे्रको समान र गुनस्तरहीन समानहरूलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा नष्ट गरेको थियो । अनुगमन तथा निरक्षण टोलीका प्रमुख घरेलु तथा साना उधोग कार्यालय राजबिराजका प्रमुख सन्तोष कुमार साह थियो ।

त्यस्तै खाद्यप्रविधि गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शुरेस सिंह , न्यायिक उपभोक्ता मञ्चका रामकुमार ,कञ्चनरुप ब्इापार संघका सचिव शशीकुमार साह , पत्रकार वैधनाथ झा ,ईलाका प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालय कञ्चनपुर , सप्तरीको टोली समेत अनुगमनमा थियो ।

प्रतिक्रिया