कञ्चनपुर,कात्तिक १६ गते । कञ्चनरुप नगरपालिका–३ स्थित माध्यमिक विद्यालय बनरैत टोलद्धारा नगरभित्रका विद्यालयहरुमध्ये सबभन्दा पहिले दलित तथा छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
विद्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरि छात्रवृत्ति वितरण गरेका हुन् । कञ्चनरुप नगरपालिकाको शिक्षा शाखाले छात्रवृत्तिका लागि एक लाख ३० हजार ९ सय रकम पठाएकोमा १५ हजार थप रकम विद्यालयबाट व्यवस्थापन गरेर १ लाख ४६ हजार रकम छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णा यादबले बताए ।
आधारभूत तहमा अध्ययन गर्ने सबै छात्रा र दलित समुदायलाई छात्रवृत्ति वितरण गरिएको हो । वडा नम्बर ३का वडाअध्यक्ष सत्यनारायण साहको अध्यक्षतमा सम्पन्न कार्यक्रमको प्रमुख अथिति कञ्चनरुप नगरपालिकाको शिक्षा शाखाका संयोजक ललितनारायण यादबको हातबाट छात्रवृत्ति वितरण उद्घाटन गरिएको थियो ।
कार्यक्रममा शिक्षक विश्वनाथ खड्गाले स्वागत गरेका थिए । माबि बनरैत टोल कञ्चनरुप नपामा सबभन्दा पहिले छात्रवृत्ति वितरण गर्ने विद्यालय भएको छ । गत बर्ष पनि माबि बनरैत टोलले सबभन्दा पहिले छात्रवृत्ति वितरण गरेको थियो ।
प्रतिक्रिया