कञ्चनपुर,कार्तिक १७ गते । कञ्चनरुप नगरपालिकामा सत्तारुढ नेपाली काग्रेस सहित पाँच राजनीतिक दलले भ्रष्टाचारको भण्डाफोर गर्ने भएका छन् ।
बुधबार कञ्चनपुर बेरियमा पाँच दलका संयुक्त बैठकले कञ्चनरुप नगरपालिका भएको भ्रष्टाचारको खोजबिन गरी भण्डाफोर गर्ने भएको हो । नियमित सरुवा प्रकृयाबाट सरुवा भई आएकी कार्यकारी अधिकृतलाई महिला भएकै कारण हाजिर हुन नदिएको भन्दै राजनीतिक दललका नेताहरुले मेयरलगायतका जनप्रतिनिधिहरुको यस्तो क्रियाकलाप महिला मानवअधिकारको समेत ठाडो उलंघन भएको जनाएका थिए ।
पाँच दलका बैठकमा जनता समाजवादी पार्टीका नगर अध्यक्ष सुदम्बर यादब,नेपाली काग्रेसबाट रोशन गुप्ता,जनमत पार्टीबाट इन्द्रदेव कडौगिया,माओवादीबाट सत्यनारायण चौधरी र माधव नेपाल नेतृत्वको नेकपा (एस) उपेन्द्र साह लगायत पार्टीका विभिन्न तह र तप्का प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
पाँच दलको बैठकले अगामी दिनमा कञ्चनरुप नगरपालिकाले गरेको अनियमित कामको बारे सूूचना संकलन गर्न एक समिति गठन गरेको छ । उक्त समितिले दिएको प्रतिवेदनका अधारमा थप कार्यक्रम तय गरिने बताइएको छ ।
मंगलबार पाँच राजनीतिक दलले नगरपालिकाको सेवा बन्द गरिएको भनि सुचना जारी गरिएको विषयमा ५ राजनीतिक दलले विरोध जनाएको छ ।
नेपाली काङग्रेसका नगरसभापति बोधराज पोखरेल, नेकपा माओवादी केन्द्रका नगर संयोजक रामबिहारी राउत,नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष बिष्णुदेव चौधरी, जनता समाजवादी पार्टी नगर अध्यक्ष सुदम्बर यादव र जनमतपार्टीका नगर अध्यक्ष अनिल पजियारले मंगलबार एक विज्ञप्ति जारी गर्दै कञ्चनरुप नगरपालिकाको लेटरप्याड र स्टाम्पको दुरुपयोग गरि हस्ताक्षर बिनाको सुचना जारी गर्नु आफैमा आपत्तिजनक रहेको ठहर गरेको छ ।
विज्ञिप्तिमा भनिएको छ,‘नगरपालिका जस्तो नियमनकारी स्थानीय सरकारको नेतृत्व गरिरहेका मेयर लगायतका जनप्रतिनिधिको अगुवाईमा स्वयं नगरपालिका बन्द गर्ने जस्तो गैरकानूनी हर्कत गर्नु खेदजनक छ ।’
प्रतिक्रिया