अरुका हक अधिकारका लागि सर्घष गर्नेहरुको नाम इतिहासमा दर्ज हुन्छ : मन्त्री साह

  • कार्तिक १९, २0७८
  • 0
...

कञ्चनपुर,कार्तिक १९ गते । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले अरुका हक अधिकारका लागि सर्घष गर्नेहरुको नाम इतिहासमा दर्ज हुने बताएका छन् ।

नेवा :समाज जिल्लाकार्य समिति सप्तरीद्वारा नेपाल सम्वत ११४२ को अवसरमा आयोजित कार्यक्रमका प्रमुख अथिति मन्त्री साहले भने,‘ मधेशी र जनजातिको उत्पीडन एकै सरहका भएकाले संगै सर्घष गर्नुपर्छ ।’ मन्त्री साहले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गराएकोले आज सबैले सम्झिरहेको बताए । 

नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः को प्रतिमामा माल्यार्पण तथा नेपाल संवत् ११४२ को शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री साहले भने, ‘अधिकार प्राप्तिका निमित्त मधेशी जनजाति एकजुट हुनुपर्ने वताउदै मन्त्री साहले जसपा मधेशी समुदायको मात्र नभई सबै उत्पीडित समुदायको पार्टी हो ।’ 

कार्यक्रममा पुर्व वातावरण मन्त्री हेमराज तातेड,कंचनरुप नगरपालिका प्रमुख वसन्त मिश्र, नेपाल पत्रकार महाँसघ प्रदेश २का सचिव भोला पासवान, नेवा :समाज प्रदेश २का संयोजक दक्ष नारायण श्रेष्ठले नेपाल संवत ११४२को अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उत्त  अवसरमा प्रत्येक वर्ष झै यो वर्ष पनि नेवा समुदायका जेष्ठ नागरिक बिरबहादुर श्रेष्ठ र इन्द्रा श्रेष्ठलाई सम्मान गरेका थिए ।  नेवा : समाजका अध्यक्ष जीतबहादुर श्रेष्ठको अध्यक्षताम कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया