कञ्चनरूपमा छठ पर्व अन्तिम तयारीमा सजाइयो पोखरीमा घाट : आज खरना

  • कार्तिक २३, २0७८
  • 0
...

राजकुमार साह
कञ्चनपुर, कार्तिक २३ गते । सप्तरीको कञ्चनरूपमा छठ पर्वकोलागि पोखरी, नहर र कोशीमा घाट बनाउनुदेखि सजाउनमा श्रद्धालुहरू तयारीमा लागेका छन् । 
कञ्चनरुप नगरपालिका भित्र छठको तयारीमा श्रद्धालुहरू पालिका भित्ररहेका पोखरी , नहर र कोशी लगायत जलासय भएको ठाउँमा छठीघाटलाइ सिङ्गार्नमा लागि परेका छन् ।

पालिकाको वडा नं. ८ स्थित रहेका नन्दलाल पोखरी, डिठ्ठा पोखरी , कार्तिक पोखरी र विष्णु मन्दिर पोखरी सिङ्गार्नमा व्यसत छन् ।

त्यसै गरी वडा नं. १ मा रहेका पोखरी र कोशी किनारमा छठ घाट बनाई सजाउनै तयारीमा छन् । वडा नं. २ को पुरनी पोखरी, देवीलाल पोखरी र पटवारी पोखरीमा छठ घाट सजाउने तयारीमा श्रद्धालुहरू जुटेका छन् । वडा नं. ३ स्थित रहेका सुवाटोल पोखरी र हवेली पोखरी, वडा नं. ४ मा जगतपुर पोखरीमा समेत घट सजाउने तयारीमा श्रद्धालुहरू जुटेका छन् ।

छठपर्वको उत्सवमा वडा नं. ८ स्थित रहेको डिठ्ठा पोखरीमा बुधवार साँझको अर्खदिने दिन संस्कृति प्रोग्रामको समेत आयोजना गरेको डिठ्ठा पोखरी समितिले जनाएका छन् ।
पर्वको पहिलो दिन कार्तिक शुक्ला तृतीयामा अरबा–अरबाईन र चौथीका दिन सोमबार (हिजो) नहाय –खाय मङ्गलबार पञ्चमी तिथिका दिन खरना मनाएका छन् ।

आज मंगलबार खरनाका दिन बिधिवतरूपमा स्नान गरी दिनभरी निराहार उपवास बसेर राति सख्खरमा पकाईएको खिर जति बर्तन रहन्छ ती पुजाको बर्तन बरावर खरनाको प्रसाद छठीदेवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन । जसलाई खरना भनिएको हो । मिथलामा खरनालाई वर्तालुले छठी पुजाको संकलपको रूपमा लिने गरिन्छ ।

आजैका दिन कतिपै बर्तालु कोशी ब्यारेज पुगेर खरनाको संकल्पलिई छठको बिर्सजनपछि मात्र आफनो घर फरकेर आउने पनि गर्छन् । लक्षमीपुजाको सुकरातीदेखि नै बर्तालुको विधिपुर्वक वर्त शुरू भएपनि खरना भन्दा एकदिन पहिलो बर्तालु स्नान गरी खानामा लौका हालेर खाए पछि बर्तको शुरूवात हुन्छ ।

प्रतिक्रिया