राजकुमार साह
कञ्चनपुर, कार्तिक २५ गते । कञ्चनरुप नगरपालिका–२ बरमझिया चौकमा बुधबार राति मोटरसाइकलले बसमा ठक्कर दिएपछि दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
बुधबार राति करिब ८ : ४५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको ग.१ ख. ९६४२ नम्बरको यात्रुबाहक बस र बिपरीत दिशाबाट आइरहेको भारतीय नम्बर प्लेट बि.आइ. ३८ आर. १७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीलले जनाएको छ । मृत्यु हुनेमा तिरहुत गाउँपालिका १ सागर गिरी (२०बर्ष) र भारत सुपौल जिल्ला कुशहर ग्राम पञ्चायत बलुवा निवासी २१ बर्षिया राजु कुमार तिवारी रहेको इलका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
गम्भिर घाईते भएका कञ्चनरुप नपा–२का रोहन गुप्ताको उपचार नोवेल अस्पतालमा भइरहेको छ ।
राजु कुमार तिवारी ससुराली आएका थिए । राजुको घटनास्थलमै मृत्यु भएको थियो भने सागरको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया