रहेनन् समाजिक अभियन्ता दुखी राम

  • असार २३, २0७६
  • 0
...

कञ्चनपुर,असार २३ गते । सिनो वहिष्कार आन्दोलनका अगुवामध्येका एक अभियन्ता दुखी रामको  ८० वर्षको उमेरमा निधन भएको छ ।
    सप्तरीको अग्नीसाईर कृष्णा सवरन गाउँपालिका–३ निवासी रामको गत शुक्रबार निधन भएको हो । २०५६ सालमा भएको सिनो वहिष्कार आन्दोलनको एक प्रमुख नेताका रुपमा राम स्थापित थिए । सप्तरीमा जन्मिएका राम छुवाछुत तथा जातिय भेदभाव देखि भूमी अधिकार आन्दोलनसम्म सकृय विरुद्धका अनवरत सर्घष गरेका थिए । सामाजिक न्यायका लागि सम्मपूर्ण जीवन सर्घष गरेका रामले कयौं पटक जेल बसेका थिए । औपचारिक शिक्षा नपाएपनि प्रखर वक्ताका रुपमा स्थापित रामको निधनले दलित आन्दोलनलाई अपूर्णिय क्षति भएको दलित अगुवाहरुले बताएका छन् ।

प्रतिक्रिया