इप्रका कञ्चनपुरमा कार्यरत डीएसपी तिमिल्सिनाको निधन

  • कार्तिक २६, २0७८
  • 0
...

कञ्चनपुर,कात्तिक २६ गते ।  इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीको इन्चार्जको रुपमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ ।

दशैंमा बिरामी भएका तिमिल्सिनाको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले बताए ।

बिरामी भएपछि विराटनगर स्थित नोवेल हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो तर त्यहाँ उपचार नहनु भएपछि हेलिकप्टरमा  नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमामा भर्ना गरिएको थियो । उपचारको क्रममा डिएसपी तिमिल्सिनाको निधन भएको हो ।

‘उहाँ केही पहिला कोरोना पोजेटिभ पनि हुनुभएको थियो । तर, पछि ठीक हुनुभएको थियो,’ एसपी धमलाले भने, ‘तर उहाँको फोक्सोमा समस्या देखिएपछि उपचार गराइरहनुभएको थियो ।’

नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुर दरबन्दी भएका उनी केही महिनायता इलाका प्रहरी कार्यालय कञ्चनपुरमा काजमा खटिएका थिए । उनी भक्तपुरकै निवासी हुन् ।

प्रतिक्रिया