कञ्चनरुपमा फर्जी क्रियाशील सदस्य घट्नुका सट्टा बढ्योः ललन गुप्ताको पत्नीको वडा ८ र १० दुई वडामा नाम

  • कार्तिक २७, २0७८
  • 0
...

राजकुमार साह
कञ्चनपुर, कार्तिक २६ गते । काङ्ग्रेस पार्टीको आज हुने वडा अधिवेशनमा सप्तरीको कञ्चनरूपमा अन्तिम समयमा पुन : फर्जी क्रियाशील सदस्यदेखि दोहरो क्रियाश सदस्यता दिएको खुलासा भएको छ ।

कञ्चनरुप वडा नं. ८ मा सह–सभापति ललन प्रसाद गुप्ताको श्रीमति सरस्वतीदेवी गुप्ताको क्रियाशील हुँदा हुदै वडा नं. १० मा रहेका रामेश्वर सुनरैतको क्रियाशील नम्बर १०५०११३०४००२ बाट सरस्वतीदेवी गुप्ताले क्रियाशील सदस्यता पाएकी छन् ।

त्यसै गरी उक्त वडामा काङ्ग्रेस वडा समितिका सचिव रहेका जनत मंसुरीको छोरा मोहम्द मियाँको नाममा रहेका क्रियाशील नम्बर १५१०५०५००२ बाट मोहम्द नेशर मियाँले क्रियाशील सदस्यता पाएको छ । 

काङ्ग्रेस केन्द्रिय कार्यालयको सरबर सिस्टममा नरहेका ११ जनाको फर्जि नाम समेत वडा नं. ९ मा क्रियाशील सदस्यता थपिएका छन् । जसमा राजकुमार यादव, राम यादव, चन्द्रीका यादव, सुनिल कुमार यादव, रूपेश यादव, भोला यादव,दुःखन यादव, भुवनेश्वर यादव, लाल मोहन यादव र रामकुमार यादव रहेका छन् ।

वडा नं. १२ मा कुलबहादुर कार्कीको क्रियाशील नम्बर १५०१०९०३०२२ बाट अर्जुन कुमार राईको नाममा क्रियाशील सदस्यता पाएको छ । त्यस्तै मोहम्द शौकत अलीको नाममा रहेको क्रियाशील नम्बर १५०१०९०३००४ सुरज पोखरेलको नाममा क्रियाशील सदस्यता पाएको छ । वडा नम्बर ६ मा मोहम्द मुसलीम मियाँको नाममा रहेको क्रियाशील नम्बर १५०१०२०२००६ बाट भानु मियाँको नाममा क्रियाशील सदस्यता  दिएको छ ।

त्यस्तै फर्जि क्रियाशील सदस्यतामा वडा नम्बर ३ मा कृष्णदेवी चौधरीको नाममा दिएको क्रियाशील नम्बर महेन्द्र दासको क्रियाशील नम्बर हो । श्यामकुमार चौधरीले पार्वती चौधरीको नाममा रहेको क्रियाशील सदस्यता दिएको छ भने रामेश्वर चौधरीको नाममा रहेको क्रियाशील नम्बर सुखिलाल चौधरीको नाममा दिएको छ । 

कुन वार्डमा कति क्रियाशिल सदस्य : को को छन् उम्मेबार ?
काङ्ग्रेस केन्द्रिय निर्वाचन समितिद्धारा प्रकाशीत क्रियाशील सदस्यताको अनुसार कञ्चनरूपमा कुल ६७६ क्रियाशील सदस्य रहेका छन् । जसमध्ये वडा नं. १ मा ६३ जना छन् । वडा नम्बर १मा सहमतिमै उम्मेदवार रहने सा्रेतले जनाएको छ ।

वडा नं.२ मा ८७ जना क्रियाशीलमा ३ जना उम्मेदवार कमलकिशोर गुप्ता , असोक झा र समालि गुप्ता बिच प्रतिस्पर्दा हुनेछ । वडा नं. ३ मा ६७ जनामा ३ जना उमेदवार सोभाकान्त चौधरी, निरज चौधरी र दिपेन्द्र चौधरी बिच प्रतिस्पर्दा हुुने स्रोतले जनाएको छ ।

सा्रेतका अनुसार वडा नं. ४ मा ५० जनामा २ जना उम्मेदवार भोला साह र शिवनारायण साहबिच प्रतिस्पर्दा हुनेछ । वडा नं.५ मा ३७ जनामा देवनारायण मुखियाको नाम सहमति हुने भएपनि मुखिया नेपाल सरकारको स्थायी क्रमचारी पनि हो ,जुन कानुनी तहत अबैधानकि हो ।

 वडा नं. ६ मा ४५ जनामा राजेन्द्र बस्नेत उम्मेदवार छन् । वडा नं. ७ मा ३९ जनामा बद्री श्रेष्ठको नाममा सहमति हुने प्रवल सम्भावना रहेको स्रोतले जनाएको छ ।

वडा नं.८ मा १ सय २४ जनामा ३ जना उम्मेदवार नन्दकिशोर गुप्ता, रतिसुमन गुप्ता(बिटु) र बिरेन्द्र गुप्ता बिच प्रतिस्पर्धा हुुनेछ । वडा नं ९ मा ६३ जनामा सहमतिको उम्मेदवार दिने सम्भावना रहेको स्रोतले जनाएको छ ।

त्यस्तै वडा नं.१०मा २१ जनामा पनि सहमतिको उम्मेदवार हुने स्रोतले जनाइको छ । वडा नं. ११ मा २९ जनामा २जना उम्मेदवार रामदेव साह र चन्दन कुमार साह बिच प्रतिस्पर्धा हुनेछ । भने वडा नं. १२ मा ५१ जनामा २ जना उम्मेदवार राजकुमार अधिकारी र अम्बिका खत्रीबिच प्रतिस्पर्धा हुने स्रोतले जनाएको छ ।

नगरपालिकामा पालिकामा २७ गते हुने वडा अबिधेशनमा निर्वाचन केन्द्रदेखि निर्वाचन अधिकृत समेत निर्वाचन कार्यालयले तोकिदिएको छ । वडा नं. १ को लागि ध्रुवदेव कुमार यादव र नुजहद प्रविण छ भने निर्वाचन केन्द्र मावि वैरवा तोकेको छ । वडा नं. २ का लागि अनुज प्रसाद गुप्ता र तारा कटुवाल छ । उक्त वडाको मतदान कवडहल बरमझिया तोकेको छ । वडा नं. ३ का लागि रामकृष्ण यादव र शर्मिला कुमारी चौधरी छ ।

केन्द्र मावि सुवाटोल र आधारभुत बिद्यालय बरमझिया रहेको छ । वडा नं. ४ का लागि रमेश प्रसाद तिमिल्सेना र उर्मिला कुमारी यादव छन । वडा नं. ५ का लागि गजेन्द्र प्रसाद देव र दुर्गा कुमारी चौधरी छन् । वडा नं. ६ का लागि प्रमोद कटुवाल र कमल राई छन् । वडा नं. ७ का लागि चन्द्रकुमारी चौधरी र प्रमोदकुमार यादव छन् । वडा नं. ८ कालागि राजेन्द्रप्रसाद यादव र नारी कटुवाल छन् । वडा नं. ९ का लागि महेन्द्र यादव र निशाकुमारी यादव छन् । वडा नं. १० का लागि श्याम प्रसाद यादव र रविन्द्र यादव छन् । वडा नं. ११ का लागि प्रकाशकुमार साह र निलाम्बर मण्डल छन् । भने वडा नं. १२ का लागि ज्यावुल हक र निर्मला भट्टराई छन् ।

प्रतिक्रिया