कञ्चनपुर, कार्तिक २९ गते । सप्तरीको कञ्चनरूप नगरपालिकाको लागि नयाँ अधिकृत रेणुका साहलाई उच्च अदालात जनकपुर, राजबिराज ईजलासले परमादेश आदेश जारी गर्दे २४ घण्टा भित्र हाजिर गराउन बिपक्षि कञ्चनरूप नगरपालिको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायबाट कार्तिक ४ गतेको निर्णयानुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समुह, श्रेणी र पदबाट प्रमुख प्रशासकीय अधिकृत पदमा रेणुका साह कञ्चनरूप नगरपालिकाको लागि सरूवा भएको थियो । तर, पालिकाले हाजिर गराई कामकाज गर्न नदिएकोमा साहले अदालतमा कार्तिक २२ गते निवेदन दर्ता गराएको फैसलामा उल्लेख छ । निमित्त प्रमुख प्रशासकीय अधिकृतको हैसियतले आर्थिक र प्रशासकीय काम गरेको भए त्यस्तो काम स्वतः निष्प्रभावी हुने फैसलामा उल्लेख छ । अधिकृत साहलाई विपक्षी कञ्चनरूप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा आदेशको जानकारी प्राप्त भएको मितिले २४ घण्टा भित्र हाजिर गरी गराई कामकाज गर्न लगाउन पालिकाको नाममा आदेश अदालतले जारी गरेको छ ।
कार्तिक १० गते पालिकाको लागि नयाँ अधिकृत साह हाजिर हुँदा पालिका हाजिर नगराई भ्रष्टाचारलाई पकक्षपोषण गर्नको लागि उल्टै तनाशाहको शैलिमा जनप्रतिनिधि र निमित्त अधिकृत नवराज खड्काले पालिकामा ताला बन्दी गरेको थियो । उक्त ताला बन्दीको बिरुधमा ५ राजनीतिक दल बिरोध समेत गरेपछि देखाबटीको लागी पालिकाले बिज्ञपति जारी गर्दे पालिका खोलेको हो ।
प्रतिक्रिया