कञ्चनरुपमा एक हजार भन्दा बढी जसपामा प्रवेश,लोकतन्त्रको रक्षा गर्ने दायित्व जसपाको : उपेन्द्र यादव

  • मंसिर १, २0७८
  • 0
...

राजकुमार साह
कञ्चनपुर, कार्तिक ३० गते ।
जनता समाजवादी पार्टीका केन्दीय अध्यक्ष उपेन्द्र यादबले तत्कालिन केपी शर्मा ओलीको सरकारले जनताको प्रतिनिधित्व हुने संस्था प्रतिनिधिसभा २ पटक बिघटन गरेर लोकतन्त्रलाई समाप्त गर्ने दुस्हासलाई बिफल पारेको बताएका छन् ।

कञ्चनरुप नगरपालिका–८ बेरियर स्थित अन्नपूर्णबहुमुुखी क्याम्पसमा मंगलबार वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादबले सो कुरा बताएका हुन् ।

जनता समाजवादी पार्टी नेपाल कञ्चनरूप नगर कार्य समितिद्वारा आयोजित संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादबले भने,‘ हजारोको संख्यामा पार्टी प्रवेश गर्नेहरू दिदीवहीनी, युवा र विभिन्न क्षेत्रमा काम गरेर अनुभव बटुलेका अनुभवि नव प्रवेशीलाई धनयवाद छ ।’ उनले भने,‘ मघेशमा ठूलो जनसंख्या अहिलेपनि नागरिकताबाट बन्चित छ ।

नागरिकताबाट बन्चितलाई नगरीकता दिलाउन नागरिकता ऐन संसोधन हुन आवश्यक छ । तत्कालिन ओली सरकारद्वारा संसद अवरुधको कारण ऐन पास हुन नसकेको अव चाडै पास गर्छौ ।’

‘जसपाले चाहन्छ, चाडै नागरिकताबाट बन्चितलाई नागरिकता उपल्बध होस । मधेशको जनसंख्याको ठूलो भएपनि राजनीतिक प्रतिनीधित्व कम छ ।’ अध्यक्ष यादबले भने,‘मधेश आन्दोलनद्वारा स्थापित आदिवासी,दलित,मुस्लिम र मधेशीको कोटा रहेपनि भेदभावको कारणले सरकारी सेवामा प्रवेश कम मात्रमा भईरहेको छ ।’ 

भूमी व्यवस्था वैज्ञानीक नभएसम्म कृषि तथा किसानको आर्थिक रुपले विकास हुदैन । जसको लागि जसपा प्रयत्न गरी रहेका छौं ।’ अध्यक्ष यादबले भने,‘ बेमौसमी बर्षाबाट क्षती भएको धानबाली पिडित किसानको लागि साढे ५ अर्ब राहत दिन सरकार बजेट छुटयाएको छ । यो सम्भव जसपा सरकारमा सामिलले भएकोले भएको छ ।’

बजेटदेखि दलित, मधेशी , थारु, मुस्लिम र जनजातिले जुन थोरै अधिकार पाएको छ , त्यो संघीयताको देन रहेको हो । उनले भने,जसपा पार्टी संसद र सरकारमा भएपनि संघीयता र अधिकार व्यवस्थापनको लागि संघर्ष गरी रहेको छ ।’

उक्त कार्यक्रमा विशिष्ट अथितिका रुपमा रहेका प्रदेश नं.२ का अर्थमन्त्री शैलेन्द्र साहले पार्टी प्रवेशले जिल्ला र संगठनमा थप उर्जा आएको बताए । प्रदेश सरकारलाई बदनाम गरी संघीयता खत्म गर्न बर्दिवासको अख्तियार कार्यालयले नेता जस्तो सार्वजनिक रूपमा भाषणबाजी गरीरहेको छ ।’

परिवर्तन बन्दुक र मतदानद्वारा हुने भएपनि शान्तीपूर्ण रूपमा मतदानद्वारा परिवर्तन गर्न जरूरी रहेको मन्त्री साहले बताए । त्यस्तै विशिष्ट अथितिको रूपमा प्रतिनिधिसभाका सदस्य डाक्टर सूर्यनारायण यादव, समाजिक विकास मन्त्री नवलकिशोर साह र राष्ट्रिय सभाका सदस्य मिगेन्द्र सिंहले नव प्रवेशीहरुलाई शुभकामना दिएका थिए । 

पत्रकार महासंघका प्रदेश २का सचिव एवं प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य भोला पासवानले मधेशको आन्दोलनमा आफूले खेलेको भूमिका र हाल पालिकामा भईरहेको ब्यथीतिबारे बताए । स्वागत मन्तवय नगर उपाध्यक्ष कल्पना चौधरीले गरेको थियो । उक्त कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष सुदम्बर यादवले गरेको थियो भने कार्यक्रम संचालन नगर सचिव चितरंजन यादवले गरेको थियो ।
एक हजार भन्दा बढी पार्टी प्रवेश :
कञ्चनरुप नगरपालिकाभरीका माओवादी केन्द्र,नेकपा एमाले र काग्रेस पार्टीका करिब एक हजारभन्दा बढी नेता तथा कार्यकर्ताहरु जसपा पार्टी प्रवेश गरेका छन् । 

जिल्ला हुलाक कार्यालय सप्तरीको अवकाश प्राप्त प्रमुख दक्ष नारायण श्रेष्ठ,भूपूप्रहरी निरीक्षक बमबहादुर श्रेष्ठ,माओवादी पार्टीका राज्य समिति सदस्य रविन पासवान,वाइसिएलका जिल्ला सचिव शोभा पासवान,माओवादीका जिल्ला सदस्य शिवनारायण राम,गुलाई सरदार,नेपाली काग्रेसका क्रियाशील सदस्य लखन पासवान,जटाई सरदार लगायतका एक हजारभन्दा बढी कार्यकर्ताहरुले जसपा प्रवेश गरेका थिए ।

प्रतिक्रिया