कञ्चनपुर, कार्तिक ३० गते । पहिले निकै पुरानो र जिर्न ढांचामा रहेको नेपाल बैंक लिमिटेडको कञ्चनपुर शाखा ८५औं वार्षिकोत्सव सम्म आईपुग्दा सुविधा सम्पन्न भएको छ ।
नेपाल बैंक लिमिटेडको कञ्चनपुर शाखाले मंगलवार बैंकको ८५औं वार्षिकोत्सव ग्राहकर्वग माझ एक कार्यक्रम गरी भव्य रुपमा मनाएको छ । नेपालमा बैंकिङ्क क्षेत्रको जग बसाल्ने नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको स्थापना वि.स.१९९४ साल कार्तिक ३० गते भएको थियो । कार्यक्रममा बोल्दै नेपाल बैंक लिमिटेड कञ्चनपुर शाखाको शाखा प्रबन्धक भुवनेश यादवले ग्राहकवर्ग भनेका हाम्रो मुटुु हो,हामी हाम्रा मुटु तुल्य ग्राहकलाई केन्द्रमा राखेर आउंदा दिनमा अझ बढी टिटो छरितो रुपमा प्रभावकारी सेवा प्रवाह गर्ने जोशकाका साथ लाग्नेछौं। ’
कञ्चनपुर शाखा हाल आकर्षक ले आउट र उच्चतम सेवा प्रवाहले गर्दा ग्राहवर्ग पनि खुशी र शाखाप्रति आकर्षित देखिएका छन् । शाखामा एटिएम मेशिन पनि गत आर्थिक वर्ष देखि सुचारु भएको छ । डिजिटल नेपालको अभियानलार्ई सफल पार्न हामी अग्रसर भएको र हामी संग एउटा “क” वर्गको सुविधायुक्त बैंकमा हुनुपर्ने सम्पुर्ण डिजिटल तथा कर्जा र निक्षेपका आकर्षक व्याजदरका प्रडक्टहरु हाम्रा आदरनिय ग्राहकवर्गको सेवाको लागि तयार रहेको छ ।’ शाखा प्रवन्धक यादबले भने,‘ हाम्रो ऐतिहासिक बैंकमा हामीसंगै जोडिनुस् ।’
कार्यक्रमा डिजिटल भुक्तानी माध्यम क्यु आर कोड पनि ग्राहकलाई वितरण गरिएको थियो । कार्यक्रममा शाखाको कर्मचारीवर्ग, ग्राहक वर्ग, बुद्धिजीवी तथा पत्रकारको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा ८५औं वार्षिकोत्सवको केक काटेर ग्राहकमाझ खुशियाली मनाएको थियो । अन्त्यमा शाखा प्रबन्धक भुवनेश यादवले यहांसम्मको सफलताको यात्रामा साथ दिने ग्राहकवर्गप्रति आभार प्रकट गर्दै आउंदा दिनमा पनि यस्तै साथ र विश्वास खोजेको बताएका थिए ।
हाल नेपाल भरि नेपाल बैंक लिमिटेडको २१३ वटा शाखा कार्यलय,४६ एक्स्टेन्सन काउन्टर र १४७ एटिएम बुथ रहेका छन् । नेपाली बैकिङ बजारमा अत्याधुनिक प्रविधिमैत्री,दक्ष जनशतिm र देशभरि शाखा सञ्जाल भएको नेपालको पहिलो बैकको रुपमा नेपाल बैंक परिचित छ ।
प्रतिक्रिया