कञ्चनरूपमा अगामी चुनावमा मेयरका लागि निरू पोखरेलको उम्मेदबारी घोषणा

  • मंसिर २, २0७८
  • 0
...

राजकुमार साह 
कञ्चनपुर, मंसिर २ गते । सप्तरीको कञ्चनरूप नगरपालिकाको लागि काङ्ग्रेसबाट अगामी हुने स्थानीय तहको चुनावमा मेयर पदको लागि निरू पोखरेललाई उम्मेदबार बनाउने घोषणा गरिएको छ ।

नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कञ्चनरुप नगरपालिकामा वडा अधिवेशन मंगलबार सकेको छ । वडा अधिवेशन पछि हुने नगर कार्यसमतिको लागि बुधवार वडा नं. १२ मा  रामदेव साह,बद्री महत्मान,हेमराज तातैड,डाक्टर सुबोध पोखरेल,भरतराज शर्मा लगायत काग्रेस पार्टी भित्र संस्थापन – कोइराला–पौडेल) पक्षको बैठकले निरु पोखरेललाई कञ्चनरुप नपाको मेयरको उम्मेदबार बनाउने निर्णय गरेको काङ्ग्रेसका सदस्य अनिल प्रधानले बताए । 

‘हाम्रो पक्षबाट सर्बसहमतिबाट अगामि हुने स्थानीय चुनावको लागि उपमेयर समेत रहेकी निरू पोखरेलाई अगामि मेयर पदमा चुनावमा उम्मेदबार बनाउने निर्णय भएको छ ।’ प्रधानले भने,‘  हामी एकमत भएर निरुलाई उम्मेदबार बनाउने निर्णय ग¥यौं ।’ कञ्चनरुप नगरपालिकामा अघिल्ला चुुनावमा नेपाली काग्रेसबाट ललन प्रसाद गुप्ताले चुनाव हारेका थिए भने निरु पोखरेलले उप मेयरमा चुनाव जितेकी छिन् ।

‘हामीले बैठकले सर्व सहमतिबाट  नगर सभापतिको लागि वडा नं. ५ का निर्वाचित वडा अध्यक्ष कैलाश साहलाई समेत घोषणा गरेका छौं ।’ प्रधानले भने,‘ उहाँहरु ( ललन गुप्ता पक्ष)ले स्वीकार गर्नुको विकल्प छैन ।’ 

१४ औँ महाधिवेशन अन्तर्गत नगर अधिवेशन शुक्रवार हुनेछ । बिहीबार ललन प्रसाद गुप्ताको घर नजिकै भएको बैठकमा समेत कैलास साहलाई सर्वसहमतिको उम्मेदबार बनाउने निर्णय भएको छ ।

यस सन्दर्भमा पालिकाका उपप्रमुख निरू पोखरेलसंग बुझदा बुधवार बसेको पार्टी बैठकले सर्व सहमतिबाट निर्णय गरेर मेयर पदको लागि अगामि चुनावमा लडन भने पछि पार्टीको निर्णय स्वीकार गर्दै आफू मेयर पदको चुनाव लडन तयार रहेको बताइन् ।

अघिल्लो चुनावमा नेकपा एमालेबाट उम्मेदबार भएका  वसन्तकुमार मिश्रले ५०४२ मत ल्याएर मेयर पदमा बिजय भएका थिए भने ललन प्रसाद गुप्ताले ४१७६ मत ल्याएर प्रत्यासी भएका थिए । उप–मेयरमा निरु पोखरेलले ४७५८ मत ल्याएर बिजय भएकी छिन् भने नेकपा एमालेबाट उपमेयरकी उम्मेदबार अशरा देवी चौधरीले ४५२२ मत ल्याएर प्रत्यासी बनेकी थिइन् ।

प्रत्यासी ललन प्रसाद गुप्ताले अगामी निर्वाचनमा पुन : मेयर पदमा चुनाव लड्न तयारी गर्दैछन् तर पार्टीभित्र निरु पोखरेलले समेत मेयर पदमा उम्मेदबारी घोषणा गरेपछि कञ्चनरुप नपा भित्र काग्रेसलाई थप समस्या हुने आंकलन गरिएको छ ।

 

प्रतिक्रिया