कार्यकारी अधिकृत रेणुका साहद्धारा कञ्चनरूपका मेयर सहितमाथि अवहेलना मुद्धा : सात दिन भित्र जवाफ दिन अदालतको आदेश

  • मंसिर ४, २0७८
  • 0
...

राजकुमार साह 
कञ्चनपुर, मंसिर ३ गते । सप्तरीको कञ्चनरूप नगरपालिकाले उच्च अदालात जनकपुर राजबिराज ईजलासले जारी गरेको परमादेश आदेश अवहेलना मुुद्धा परेको छ ।

कञ्चनरप नगरपालिकामा नयाँ अधिकृत रेणुका साहलाई उच्च अदालात जनकपुर, राजबिराज ईजलासले गत कार्तिक २८ गते परमादेश आदेश जारी गर्दे २४ घण्टा भित्र हाजिर गराउन बिपक्षि कञ्चनरूप नगरपालिको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

तर कञ्चनरुप नगरपालिकाले अदालतको आदेशलाई समेत अवहेलना गरेपछि अधिकृत साह पुन : अदालतको शरणमा पुगेकी हुन् । उच्च अदालत जनकपुर,राजविरा इजलासका न्यायधीश भानुभक्त शर्मा न्यौपाने र गिता प्रसाद तिम्सिनाको संयुक्त इजलाशले  अदालतले बिहीबार पुन : कञ्चनरुप नगरपालिकालाई अदालतको अवहेलनामा कारवाही एवं सजायन हुनु पर्ने हो,होइन ? अदालतको अवहेलनामा कार्यवाही एव. सजाय हुनु नपर्ने कुनै अधार कारण भए सबुध प्रमाण सहित म्याद सूचना  पाएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र  आपूm वा कानून बमोजिम तोकिएको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायबाट कार्तिक ४ गतेको निर्णयानुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समुह, श्रेणी र पदबाट प्रमुख प्रशासकीय अधिकृत पदमा रेणुका साह कञ्चनरूप नगरपालिकाको लागि सरूवा भएको थियो ।  तर, पालिकाले हाजिर गराई कामकाज गर्न नदिएकोमा साहले अदालतमा कार्तिक २२ गते निवेदन दर्ता गराएको फैसलामा उल्लेख छ । निमित्त प्रमुख प्रशासकीय अधिकृतको हैसियतले आर्थिक र प्रशासकीय काम  गरेको भए त्यस्तो काम स्वतः निष्प्रभावी हुने फैसलामा उल्लेख छ । अधिकृत साहलाई विपक्षी कञ्चनरूप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा आदेशको जानकारी प्राप्त भएको मितिले २४ घण्टा भित्र हाजिर गरी गराई कामकाज गर्न लगाउन पालिकाको नाममा आदेश अदालतले जारी गरेको थियो  ।

कार्तिक १० गते पालिकाको लागि नयाँ अधिकृत साह हाजिर हुँदा पालिका हाजिर नगराई भ्रष्टाचारलाई पकक्षपोषण गर्नको लागि उल्टै तनाशाहको शैलिमा जनप्रतिनिधि र निमित्त अधिकृत नवराज खड्काले पालिकामा ताला बन्दी गरेको थियो । उक्त ताला बन्दीको बिरुधमा ५ राजनीतिक दल बिरोध समेत गरेपछि देखाबटीको लागी पालिकाले बिज्ञपति जारी गर्दे पालिका खोलेको हो ।

प्रतिक्रिया