कञ्चनपुर,असार २४ गते । कञ्चनरुप नगरपालिका–१२ धारापानी स्थित एक कटेजमा व्यवसायिक रुपमा यौन व्यवसायी संचालन भएको पाइएको छ । प्रहरीले यौन व्यवसायीमा संलग्न एक महिला सहित ५ जनालाई सोमबार राति पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक(डिएसपी) मकेन्द्र कुमार मिश्र नेतृत्वको प्रहरीले टोली राती कटेज संचालक सहित ५ जनालाई पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा कञ्चनरुप नपा. वडा नं. १२ वस्ने कटेज संचालक वर्ष ३४ को कैलाश पोखरेल, कञ्चनरुप न.पा. वडा नं. ११ वस्ने वर्ष १९ को श्रवण माझी, सोही ठाउँ वस्ने वर्ष ३० को हरि कृष्ण कुमार मण्डल र वर्ष १९ को भुपेन मण्डल रहेको (डिएसपी) मकेन्द्र कुमार मिश्रले बताए । महिलाको नाम भने प्रहरीले खुलाएनन् ।
प्रहरीका अनुसार कटेज संचालकले ग्राहक खोज्ने र पेशेवरमा यौन व्यवसायीमा संलग्न महिलाहरुलाई फोनमार्फत बोलाईदिने काम गर्ने गरेको खुलेको जनाएको छ । ग्राहकबाट उठेको रकममा कटेज संचालकले ४० र महिलाले ६० प्रतिशत लिने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई समाजिक दुरव्यहार ऐन अन्तर्गत म्याद थपी कार्यवाही चलाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया