कञ्चनपुर,मंसिर ४ गते । सप्तरी उद्योग बाणिज्य संघको ११ औं अधिवेशनमा लालुप्रािद अग्रवालको प्यानल बिजय भएको छ ।
उघोग बाणिज्य संघ सप्तरी शनिबार भएको निर्वाचनमा सह कोषाध्यक्ष र एक जना सदस्य बाहेकका पदमा अग्रवाल प्यानल निर्वाचित भएको हो ।
अध्यक्ष पदमा लालु प्रसाद अग्रवालले ७४६ मत ल्याए बिजय भएका छन् । उनको प्रतिद्धन्दी शंकर कुमार दासले ३२७ मत ल्याएका थिए । उपाध्यक्षमा दुर्गानन्द्र प्रसाद साहले ५७२ मत, उपाध्यक्षमा रमेश कुमार साह ८१८ मत, महासचिव मा अमृत कुमार संचेती ६५५ मत,सचिवमा सुरेन्द्र विमल यादवले ५९३ मत, कोषाध्यक्षमा प्रमोद कुमार कावरा ६८४ मत,सह–कोषाध्यक्षमा निर्मल कुमार मुन्दरा ५४४ मत ल्याएर बिजय भएका छन् ।
यस्तै अग्रवालको प्यानलबाट सदस्य पदमा सन्तोष सिंन्हा ( ६३२) सचिन्द्र दास ( ५६९), सुरेन्द्र प्रसाद साह (५२०), कमल प्रसाद साह ( ५०४) र महिला सदस्यमा अम्बिका दाहाल ( ६३७) मतले बिजय भएको छ । दासको प्यानलबाट सहकोषाध्यक्ष निर्मल मुन्धडा र संजय कुमार पूर्वे (४९५) ले बिजय हासिल गरेको छ ।
प्रतिक्रिया