अव न्यूनतम १.६ जिपिए ल्याएकाले पनि पनि छात्रवृत्ति पाउने

  • मंसिर ७, २0७८
  • 0
...

कञ्चनपुर,मंसिर ७ गते । प्रदेश २को समाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले प्रदान गर्ने अति विपन्न,दलित र मुश्लिम छात्राका लागि न्यूनतम १.६ जिपिए ल्याएकाले पनि पनि छात्रवृत्ति पाउने व्यवस्था गरि सूचना संसोधन गरिएको छ ।

निर्देशनालयले गत कार्तिक २९ गते उच्च शिक्षामा अध्ययनरत अति विपन्न,दलित,मुश्लिम एवं जेहेन्दार छात्राहरुका लागि प्रकाशित गरेको सूचना अनुसार स्नातक तहमा छात्रवृत्तिका लागि प्रथम श्रेणी वा २.८ जिपिए ल्याएका  र सामुुदायिक क्याम्पसमा अध्ययनरतले मात्र पाउनु पर्ने व्यवस्था गरि सूचना प्रकाशित गरेको थियो ।

पत्रकार एव समाजिक अभियन्ता भोला पासवानले प्रदेश २का समाजिक विकास मन्त्री नवलकिशोर साहलाई यत बर्ष यही प्रावधानका कारण दुई करोड छात्रवृत्ति रकम फ्रिज भएको  ध्यानर्कषण गराएको थियो ।

मन्त्री साहले निर्देशनालयका निर्देशक चुडामणी पूmयाललाई सूचना संसोधन गरि अति विपन्न,दलित र मुश्लिम छात्राका लागि न्यूनतम १.६ जिपिए ल्याएकाले पनि पनि छात्रवृत्ति पाउने व्यवस्था गर्ने गरि सूचना संसोधन गर्न लगाएकोको थियो  ।

प्रतिक्रिया