कञ्चनपुर,मंसिर ७ गते । निर्वाचित सप्तरी उद्योग बाणिज्य संघका टिमलाई कञ्चनरुपमा भव्य स्वागत गरिएको छ ।
मंगलबार कञ्चनरुप नगरपालिकाका ब्यापारीहरुलाई धन्यवाद दिन आएका नवनिर्वाचित संघका टिमलाई कञ्चनरुपको ब्यापारीहरुले भव्य स्वागत गरेका हुन् ।
सप्तरी उद्योग बाणिज्य संघको ११ औं अधिवेशनमा लालुप्रसाद अग्रवालको प्यानल बिजय भएको छ । अग्रवालको नेतृत्वमा आएका टिमले सबै ब्यापारीहरुको पसलमा पुगेर मतदानका लागि धन्यवाद व्यक्त गरेका छन् ।
उघोग बाणिज्य संघका अध्यक्ष लगायतका टीमलाई बलुवामा समेत कमल जैनले एक कार्यक्रमबीच स्वागत गरेका थिए । सप्तरी शनिबार भएको निर्वाचनमा सह कोषाध्यक्ष र एक जना सदस्य बाहेकका पदमा अग्रवाल प्यानल निर्वाचित भएको हो ।
नव निर्वाचित संघका अध्यक्ष अग्रवालले आफनो जित ब्यापारीहरुको अधिकारको लागि भएको प्रतिक्रिया दिएका छन् । बलुवामा ब्यापारीहरुलाई सम्बोधन गर्दै अग्रवालले अबको तीन बर्ष व्यापारीहरुको अभिभावकको रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष पदमा लालु प्रसाद अग्रवालले ७४६ मत ल्याए बिजय भएका छन् । उनको प्रतिद्धन्दी शंकर कुमार दासले ३२७ मत ल्याएका थिए ।
उपाध्यक्षमा दुर्गानन्द्र प्रसाद साहले ५७२ मत, उपाध्यक्षमा रमेश कुमार साह ८१८ मत, महासचिव मा अमृत कुमार संचेती ६५५ मत,सचिवमा सुरेन्द्र विमल यादवले ५९३ मत, कोषाध्यक्षमा प्रमोद कुमार कावरा ६८४ मत,सह–कोषाध्यक्षमा निर्मल कुमार मुन्दरा ५४४ मत ल्याएर बिजय भएका छन् ।
यस्तै अग्रवालको प्यानलबाट सदस्य पदमा सन्तोष सिंन्हा ( ६३२) सचिन्द्र दास ( ५६९), सुरेन्द्र प्रसाद साह (५२०), कमल प्रसाद साह ( ५०४) र महिला सदस्यमा अम्बिका दाहाल ( ६३७) मतले बिजय भएको छ । दासको प्यानलबाट सहकोषाध्यक्ष निर्मल मुन्धडा र संजय कुमार पूर्वे (४९५) ले बिजय हासिल गरेको छ ।
प्रतिक्रिया