ईप्रका कञ्चनपुरका नयाँ डिएसपी यादबद्धारा सडक दुर्घटना न्यून गर्न सबैसंग सहकार्य गर्ने प्रतिबद्धता

  • मंसिर ८, २0७८
  • 0
...

राजकुमार साह
कञ्चनपुर, मंसिर ७ गते । ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा चौथो डिएसपीको रूपमा आएका नव डिएसपी यादवले कञ्चनपुर लगायत क्षेत्रमा सडक वरिपरी क्षेत्रमा हुने सडक दुर्घटनामा न्यूनीकरण गर्न सबैसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नयाँ संरचना अन्तर्गत ईलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीको लागि चौथो डिएसपीको रूपमा आएका नव डिएसपी यादवले मंगलवार परिचायतमक कार्यक्रममा उक्त प्रतिवधता जनाएको हो ।

सो कार्यक्रममा शान्ती सुरक्षा लगायत पत्रकारले सूचना सम्बन्धी गरेको प्रश्नलाई सम्बोधन गर्दै डिएसपी यादवले सम्बोधन गर्दै भने,‘प्रहरीको दायित्व र  कर्तव्य शान्ती सुरक्षा दिने भएपनि हाम्रो ईलाका पर्ने बताए ।

डिएसपी यादबले नागरिकले महशुस हुने गरी शान्ती सुरक्षा र पत्रकारलाई दिनुपर्ने सुचना समयमा दिने समेत बताए । कार्यक्रममा पत्रकार,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र समाजसेवाीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया