काग्रेसको १४औं महाधिवेशन : सप्तरीको क्षेत्र नं. १ प्रदेश सभामा दुई प्यानलको उम्मेदबारी घोषणा

  • मंसिर ९, २0७८
  • 0
...

राजकुमार साह
कञ्चनपुर, मंसिर ८ गते । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सप्तरीको क्षेत्र नं. १ मा प्रदेश सभा क्षेत्रीय अधिवेशनका लागि सम्भावित उम्मेदवारको नाम घोषणा भएको छ ।

काङ्ग्रेस स्रोतका अनुसार पौडेल प्यानलबाट सभापति पदको सम्भावित उम्मेदवारमा (क) बाट कृष्ण ढकाल छ भने उपसभापतिको लागि बसन्त चौधरी र कुदरत अलि छन् । त्यस्तै सचिवको लागि अनन्दलाल धामि र विद्यानन्द महतो छन् ।

सह–सचिवको लागि मोहमम्द बच्चु र श्यामसुन्दर महतो छन् । यस्तै प्रदेश (ख) बाट पौडेल प्यानलको सभापति पदको लागि उमेश मिश्रा, सह सभापतिको लागि असोक झा र सचिब पदको लागि निरन्जन साहको उम्मेदवारी तय भएको स्रोतले जनाएको छ ।

बिमलेन्द्र निधिको प्यानलबाट (क) मा अग्नीसाईर कृष्णा शवरणका निर्वाचित प्रमुख परशुराम चौधरी सभापति पदको लागि उम्मेदवारी घोषणा गरेको छ भने  त्यस्तै सह–सभापतिको लागि जगत कटुवालको उम्मेदवारी फाईनल भएको स्रोतले जनाएको छ ।  प्रदेश सभा (ख) बाट निधिको प्यानल उम्मेदवार सभापतिको लागि मुरलीधर खिरहरी छ भने उपसभापतिको लागि बिरेन्द्र तिवारीको नाम फाईनल भएको छ ।

स्रोतका अनुसार बाँकी रहेका अरूपदको लागि उमेदवारी छनोट गर्न नेताहरु बैठक गरि रहेका छन् । प्रतिनिधि क्षेत्र नं.१ म काङ्ग्रेसको कुल ७ सय ३ डेलिकेटेड प्रतिनिधि रहेका छन् ।

जसमा कञ्चनरूप पालिकामा २ सय , सप्तकोशीमा १ सय २५ , तिरहुतमा ८२ ,अग्नीसाईरमा ८७ र हनुमाननगर कंकालिनीमा २ सय ९ जना डेलिकेटेड छन् । प्रदेश (ख) मा ३ सय ८० र क मा ३ सय २२ जना डेलिकेटेड प्रतिनिधि छन् । स्रोतका अनुसार भोली विहिवार ९ वजे नमिनेशन दिने समय रहेको छ । क को नमिनेशन कञ्नचनपुरमा हुन्छ भने ख को भारदहमा हुन्छ ।

प्रतिक्रिया