काङ्ग्रेसको १४ औं महाधिवेशन : सप्तरीको क्षेत्र नं. १ प्रदेश सभा (क)मा निधि प्यानलका पर्शुराम चौधरी (ख)मा पौडेल प्यानलका उमेश मिश्रा विजय

  • मंसिर ११, २0७८
  • 0
...

राजकुमार साह
कञ्चनपुर,मंसिर ११ गते । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सप्तरीको क्षेत्र नं. १ मा शुक्रवार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशका दुबै प्यानल विजय भएको छ । 

प्रदेश सभा (क) बाट निधि प्यानलका सभापति पदका उमेदवार पर्शुराम चौधरी १ सय ७४ मतलियाई  टिम  सहित विजय भएको छ भने पौडेल प्यानलका सभापति पदका उमेदवार कृष्णप्रसाद ढकाल १ सय ७० मतलियाई ४ मतको फरकले पुरा टिम पराजित भएका छन् ।

चौधरी टिमका उपसभापति  पदका उमेदवार जगतबहादुर कटुवालले १ सय ९४ र मोहम्द इद्रिस मियाँले १ सय ८२ मत लियाई विजय भएका छन् । त्यस्तै सचिव पदका उमेदवार विरेन्द्रकुमारले १ सय ७९ र पंचदेव चौधरीले १ सय ९२ मतलियाई विजय भएका छन् ।

सह– सचिव पदका उमेदवार महेशकुमार बस्नेतले १ सय ८९ र चतुरनारायण चौधरीले १ सय ८४ मतलियाई विजय भएका छन् । महिला सदस्य ख्ल्लामा  सुधा गुप्ता १ सय ७२, रेखा देव १ सय ७१र कुन्ता अधिकारी १ सय ७० मतलियाई विजय भएका छन् । क्षेत्रिय प्रतिनिधि खुल्ला पदमा केशवप्रसाद ढकाल १ सय ७९, सुरजकुमार पोखरेल १ सय ९२, मुनेश्वर प्रमाणी १ सय ७६ , जोगेन्द्र पासवान १ सय ७२, रामदेव खंग १ सय ७४, ईन्दुदेव चौधरी १ सय ७० र ललनप्रसाद रौनियार १ सय ७० मतलियाई विजय भएका छन् ।

 समावेशी प्रतिनिधि पदमा दलितबाट  मंजुदेवी सरवरीया १ सय ७७,बाबुलाल सरदार १ सय ७३, मधेशीबाट रमेश दास १ सय ८८, थारूबाट अरबिन्द चौधरी १ सय ८४, मुस्लिमबाट शैरून निशा १ सय ८८ र अपाङ्गबाट टिरहा मलाह गोढी मतलियाई विजय भएका छन् । 

प्रदेश (ख)बाट पौडेल प्यानलका सभापति पदका उमेदवार उमेशकुमार मिश्रा १ सय ८३ मतलियाई पुरा कार्य समिति सहित ६ सदस्य टिम  विजय भएका छन् भने, निधि प्यानलका सभापति पदका उमेदवार मुरलिधर खिडहरी १ सय ६५ मतलियाई १८ मतको फरकले  पराजय भएका छन् भने टिमका  ९ जना सदस्यपदमा विजय भएका छन् । 

सभापति पदमा विजय भएका उमेशकुमार मिश्राको टिमबाट उपसभापति पदमा इन्द्रनारायण यादवले १ सय ७६ र भगवतिप्रसाद यादवले १ सय ७४ मतलियाई विजय भएका छन् । सचिव पदमा बेचन खडगाले १ सय ७९ र निरञ्जनप्रसाद साहले १ सय ७५ मतलियाई विजय भएका छन् । सह–सचिवमा बब्बुकुमार चौधरीले १ सय ७७ र देवकुमार मेहताले १ सय ७३ मतलियाई विजय भएका छन् ।

प्रतिक्रिया