राजकुमार साह
कञ्चनपुर,कार्तिक ११ गते । कञ्चनरुप नगरपालिकामा शनिबार सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
कञ्चनरुप नगरपालिकाको वडा नम्बर ५ प्रिपा,पथरी र वडा नम्बर ९ सिद्दपुरका एमाले,माओवादी र काग्रेस पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । जसपाका कार्यकारणी सदस्य एवं प्रदेश २का समाजिक विकास मन्त्री नवलकिशोर साहले नवप्रवेशीहरुलाई सदस्यता वितरण गरेका थिए ।
कञ्चनरुप नगरपालिका वडा नम्बर ५ प्रिप्राबाट माओवादी परित्याग गरि दिनेश सरदार,आशाराम सरदार,काग्रेसका जगदेव सरदार,खिलेश्वर सरदार,भुटी देवी सरदार,एमालेका महेन्द्र सरदार,विनोद सरदार,बिजुली मुखिया लगायत एक सय भन्दा बढी कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।
वडा नम्ब ५कै पथरी मल्लाह टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राम मुखियाको नेतृत्वमा अजित विमल सरदार,उपेन्द्र साह, शैलेन्द्र साह, झौली मुखिया,रामलखन मुखिया,संतोष कुमार पण्डित,सुरेन्द्र ठाकुर,राजकुमार मुखिया,प्रदीप खंग,शिवनन्दन कुमार खंग,संजय मुखिया,अजाद मंसुरी,जगन खंग,श्रवण मुखिया,पूmलकुमार मुखिया,उदित यादब,सरोज यादब,संतोष मण्डल लगायत एक सयभन्दा बढी कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् ।
त्यसैगरि कञ्चनरुप नपा ९ सिद्धपुरमा एमालेबाट लखन राम,माओवादीबाट दिलो राम,आशा राम,विजय राम,दिपेन्द्र राम,संजिव राम,संजित राम,पारस राम,दिपक राम,प्रकाश राम लगायत तीन दर्जन भन्दा बढी कार्यकर्ताहरु जसपा प्रवेश गरेका छन् ।
सिद्धपुरको पार्टी प्रवेश कार्यक्रममा बोल्दै लखन रामले सिद्धपुरका जनतालाई सधै उपेक्षा गरेको र दलित समुदायलाई एमाले पार्टीले मत संकलन गर्ने सिढीको रुपमा प्रयोग मात्र गरेकोले पार्टी परित्याग गरि जनता समाजवादी पार्टी प्रवेश गरेको बताएका थिए ।
तीन ठाउँमा जसपाका कञ्चनरुप नगर समितिका अध्यक्ष सुदम्बर यादबको अध्यक्षता र समाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य भोला पासवान,जसपाका जिल्ला सदस्य रामेश्वर यादब, जसपाका नेता दक्ष नारायण श्रेष्ठ,कञ्चनरुप नगर उपाध्यक्ष कल्पना चौधरी,शोभा पासवान, शम्भु चौधरी, जसपाका नेता जिवछ सरदार लगायतले सम्बोधन गर्दै जसपाको संगठन सुद्धिढिकरण गर्दै कञ्चनरुप नगरपालिकामा उक नम्बर पार्टी बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रम संचालन जसपाका नगर सचिव चितरंजन यादबले गरेका थिए । यसअघि गत कार्तिक ३० गते कञ्चनपुर बेरियरमा जसपाले वृहत्त पार्टी प्रवेश कार्यक्रम संचालन गरि एक हजारभन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका थिए ।
प्रतिक्रिया