अवलाेकित दैनिक
कञ्चनपुर,असार २८ गते । कञ्चनरुप नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को बजेट पारित भएको छ । शनिबार सम्पन्न नगरसभाबाट ५१ करोड ७१ लाख ६६ हजार (समाजिक सुरक्षा भत्ता वाहेक) बजेट पारित भएको हो ।
नगरउप–प्रमुख निरु पोखरेरले प्रस्तुत गरेको बजेटमा नगरस्तरी पुर्वाधार ८ करोड ८५ लाख, वडा स्तरीय पूर्वाधार ८ करोड र समाजिकतर्फ ८ लाख ३३ हजार सबै वडालाई,आर्थिक क्षेत्र नगरस्तरीय एक करोड ४९ लाख ८० हजारर पाच सय ,कृषि,पशु,सहकारी र पर्यटन क्षेत्रमा समाजिक क्षेत्र ३ करोड ५१ लाख ८५ हजार ५ सय त्यसमध्ये शिक्षामा एक करोड २७ लाख ५० हजार रहेको छ । स्वास्थ्य क्षेत्रमा एक करोड १२ लाख,महिला वालबालिका क्षेत्रमा ४१ लाख ५० हजार,आर्युवेद तर्फ १६ लाख ५० हजार,खानेपानीतर्फ ३९ लाख २९ हजार पाच सय,न्यायिक समितिका लागि १५ लाख,वन वातावरणतर्फ ५२ लाख,संस्थागत क्षमता विकाश र शुसानतर्फ ४२ लाख,चालु खर्चमा ८ करोड (कर्मचारी,कार्यालय संचालन,पदाधिकारी,इन्धन लगायत)रकम विनयोजन गरेको छ ।
सल्लाहकार राख्ने कि राख्ने विषयमा चर्का–चर्की
कञ्चनरुप नगरपालिकाको तेस्रो नगरसभामा नगरपालिकाको सल्लाहकार फेर्न जोडदार माँग भएको छ । वहुमत नगरसभा सदस्य नेपाली काग्रेसको भएपनि उनीहरुको माँग भने पुरा भएन ।
शनिबार सम्पन्न नगरसभामा प्रेस सल्लाहकार र राजनीतिक सल्लाहकार फेर्न जोडदार रुपमा माँग गरिएको थियो । सल्लाहकार राख्ने कि न राख्ने विषयमा नेपाली काग्रेस र नेकपाका सदस्यबीच चर्का–चर्की भएपछि सभामा उक्त प्रस्ताब पेश गर्न भनेपछि सभाअध्यक्ष नगरप्रमुखले विषयलाई विषयान्तर गर्न खानाको लागि ब्रेक गरेका थिए ।
नेपाली काग्रेसका अधिकाश नगरसभा सदस्यहरुले सल्लाहकार फेर्न माँग गरेपनि नगरप्रमुख वसन्तकुमार मिश्रले यस विषयमा पछि कुरा गर्ने भन्दै पन्छिएका थिए । वडा नम्बर ५का वडाअध्यक्ष कैलाश कुमार मिश्रले महालेखा परिक्षकले समेत सल्लाहकारहरुको तलब बेरुजू देखाएकोले नगरसभासदस्यबाटै सल्लाहकार राख्न माँग गरेका थिए ।
कार्यपालिका सदस्य अनन्तलाल धामीले समेत सल्लाहकारहरुको काम सन्तोषजनक नभएकोले तलब खुवाई राख्न जरुरी नभएको बताएका थिए ।
प्रतिक्रिया