कञ्चनरुपमा माओवादीको अमर र उमेशको दुई छुट्टा छुटै नगर समित घोषणा : एउटा गुटको राउत र अर्को गुटको चौधरी अध्यक्ष

  • मंसिर १३, २0७८
  • 0
...

राजकुमार साह
कञ्चनपुर, मंसिर १२ गते । सप्तरीको कञ्चनरूपमा नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र)गुटको कारण दुई ओटा नगर समिति चयन भएको छ । 

सप्तरी जिल्लामा ने.क.पा माओवादी(केन्द्र) का उमेश यादव र असोक मण्डल (अमर) गुटको छुटा छुटै अधिवेशन गर्दा पालिकामा दुई समिति चयन भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र)को राष्ट्रिय अधिवेशन अन्तर्गत पहिलो पालिका अधिवेशन गएको शनिवार पार्टीका अध्यक्ष पुक्ष्पकमल दहालले अधिवेशनलाई भर्चुअल माध्मबाट ७ सय ५३ स्थानीय तहमा उद्घाटन गरेका थिए ।

उमेश यादव गुटका तत्कालिन नगर संगठन विभागका सह–संयोजक तथा नव गठित समितिका अध्यक्ष सत्यनारायण चौधरीका अनुसार केहि साथिले पार्टीको अन्तरीम विधानलाई नमानि हचुवाको भरमा संगठन संचालन गर्न खोज्दा कञ्चनरूपमा छुटा–छुटै दुई समुहको नगर समिति चयन भएको बताए । 

उमेश यादव गुटको वडा नं.४ का जेष्ट नागरिक लालसिंह चौधरीको अध्यक्षतामा राप्रावि कविलाशा स्कुलमा खुला सत्रको बैठक बसेको थियो । खुल्ला सत्रको बैठकपछि नगर कार्य समितिको अध्यक्ष पदमा सत्यनारायण चौधरीको नेतृत्वमा ६५ सदस्य कमिटि समेत चयन गरिएको छ । 

नव गठित समितिका अध्यक्ष सत्यनारायण चौधरीका अनुसार पार्टीको अन्तरीम विधान बमोजिम उपाध्यक्ष पदमा तीन जना चयन गर्नु पर्ने भएकोले कुलेश्वर सरदार, भुनेश्वरी देवी र भुषण प्रसाद गुप्तालाई चयन गरिएको छ ।

त्यस्तै सचिव पदमा मनोजकुमार चौधरी,सह–सचिवमा रूद्र ढकाल  र  कोषाध्यक्ष पदमा बुचिदेवी सरदार चयन भएका छन् । सदस्यहरूमा महेन्द्रप्रसाद साह, राधादेवी गुप्ता, सहिदा खातुन, मुनि परियार, देवनारायण चौधरी, प्राणवति चौधरी, कामदेव यादव र फूलिदास चौधरी लगायत रहेको अध्यक्ष चौधरीले बताए ।

कञ्चनरूपमा ६ सय ४२ संगठित सदस्य रहेको बताउँदै चौधरीले भने उक्त कार्यक्रममा प्रमुख अथितिको रूपमा प्रदेश नं. २ का प्रदेश सदस्य भागवत यादव थियो । त्यस्तै प्रदेश सदस्य अशर्फी सदा, जिल्ला समिति सदस्य बेचन चौधरी, राजेन्द्रप्रसाद यादव र देवनारायण चौधरीको उपस्थीति थियो । साथै निर्वाचन अधिकृतको रूपमा शिक्षक संगठन क्रान्तिकारीका प्रतिनिधि लालबहादुर चौधरीको समेत उपस्थीति थियो । 

यता अशोक मण्डल (अमर) गुटका तत्कालिन पालिका संयोजक तथा नव गठित नगर अध्यक्ष रामबिहारी राउतको अध्यक्षतामा गएको शनिवार छुटै बैठक बसि ६१ सदस्य पालिका समिति चयन गरेको छ । जसमा उपाध्यक्ष पदका लागि बन्सीप्रसाद चौधरी, योगेन्द्रप्रसाद यादव र ममता सरदार चयन भएका छन् ।

सचिव पदमा सरोजकुमार भण्डारी , सहसचिवमा जितबहादुर वि.क. र कोषाध्यक्ष पदमा पपितादेवी सरदार चयन भएको अध्यक्ष राउतले बताए । राउतको अध्यक्षतामा बसेको बैठकका प्रमुख अथिति भने सूर्यनाथ यादव थियो ।

प्रतिक्रिया