पिछडावर्ग (ओविसी) महासंघ नेपाल मंसिर १७ गते जसपाको भातृय संगठन घोषणा हुदैँ

  • मंसिर १५, २0७८
  • 0
...


कञ्चनपुर,मंसिर १५ गते । जनता समाजवादी पार्टी (जसपा) ले पिछडावर्ग ( OBC ) महासंघ नेपाललाई भातृय संगठन बनाउने भएको छ । अगामी मंसिर १७ गते शुत्रकबार एक कार्यक्रमबीच जसपाले उक्त संगठनलाई भातृय संगठन घोषण गर्ने भएका हुन् । 

मंगलबार साझ ६ बजेको समयमा जसपा नेपाल र अखिल नेपाल पिछडावर्ग ( OBC ) महासंघले ३ बुंदे सहमति गरेको छ । ३ बुंदे सहमतिमा पिछडावर्ग जसपाको भातृय संगठन बनाउने, पिछ्डावर्ग जातजातिको केन्द्र र प्रदेशमा सुचिकृत गराउने  र संघीय मामिला तथा समानिय प्रशासन मन्त्रालयमा पिछ्डावर्ग ( OBC ) उत्थान विकास समितिको पदाधिकारीको नियुक्ति गर्ने सहमति भएको छ ।  

सहमतिमा हस्ताक्षरपछि आयोजित पत्रकार समेलनमा आउने मंसिर १७ गते ११ बजे देखि उद्योग बाणिज्य संघ जनकपुरको सभा हलमा कार्यक्रम आयोजना गरि सो संगठनको घोषणा हुने जानकारी अखिल नेपाल पिछडावर्ग महासंघका केन्द्रिय अध्यक्ष भरत प्रसाद महतोले दिएका छन् । उनले भने,‘ पिछडावर्गको अवाज कुनै पनि पार्टीले नस्वीकारको र जसपा पार्टीले अवाज सुनिदिएकोले सामुहिक रुपमा पार्टी प्रवेश गर्दै जसपाको भातृय संगठन बनाउने निर्णय गरेका छौं ।’ 

पिछडावर्गका  ३६ वटा जातजाति, २२ जिल्लामा संगठन बिस्तार भएका र ३५. हजार सदस्य रहेका महतोले दावी गरे । कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लाल बाबु राउत, जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साह, लगायत जसपाका नेता, कार्यकर्ताहरुको सहभागिता हुने भएको छ ।

गत २०५५ साल देखि पिछडावर्गको हक अधिकारको लागि संघर्ष गर्दै आएको र २०८२ को संविधान अनुसार २०७८/०७/०८ गते महासंघ केन्द्रिय कार्यलयको निर्णय भएको थियो ।

प्रतिक्रिया