राजकुमार साह
कञ्चनपुर, मंसिर १५ गते । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं.१ मा बद्री प्रसाद महत्मान र ललनप्रसाद गुप्ताबीच कडा पधिस्पर्धा हुने देखिएको छ ।
आज (बुधबार) ४ बजेसम्म कूल ७१४ जना मतदातामध्ये ३ सय मत खसेको मतदान अधिकृत पुर्शराम यादबले जानकारी दिएको छ । यादबका अनुसार दिउँसो ११.३० बजेदेखी मतदान सुरु भएको थियो ।
२५ सदस्य क्षेत्रिय कार्यसमितिका लागि महत्मान र गुप्ताको दुई प्यानलका ४३ जनाले उम्मेदबारी दर्ता गरएका छन् । २५ सदस्य केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि दुई प्यानलका ५० जनाले उम्मेबारी दर्ता गराएका छन् । क्षेत्रीय सभापतिको लागि बद्री प्रसाद महत्मान र ललनप्रसाद गुप्ताले मंगलबार उम्मेदवारी दर्ता गराएको छ ।
बद्री नारायण महत्मानको टिमबाट पदाधिकारीमा सचिवमा हृदय नारायण चौधरी र ओमप्रकाश साह तथा सह–सचिवमा नन्देश्वर मण्डल र जोगेन्द्र यादब रहेका छन् । त्यसैगरि ललनप्रसाद गुप्ताको टिमबाट पदाधिकारीमा सचिव तर्फ दुुर्गाप्रसाद भट्टराई र नारायण प्रसाद यादब (महरान), तथा सह–सचिवमा महानन्द झा र जुगनारायण खिडहरीले उम्मेदबारी दर्ता गराएका हुन् ।
काङ्ग्रेस सप्तरीका सभापति दिनेश यादवको प्यानलबाट क्षेत्रीय सभापतिको लागि ललनप्रसाद गुप्ताको उम्मेदवारी दर्ता गराएका छन् भने कोइराला–पौडेल टिमबाट बद्री प्रसाद महत्मानले भिडेको छ । काग्रेससोतका अनुसार महत्मान र गुप्ताबीच कडा प्रतिस्पर्धा भएकोले थोरै मतान्तरले जितहार हुने बताइएको छ ।
प्रतिक्रिया