सप्तरी–१ मा महाधिवेशन प्रतिनिधिको ८५ प्रतिशत मत गन्दा : १४ सिटमध्ये १० बद्री प्यानलको १० अग्रता कायमै

  • मंसिर १६, २0७८
  • 0
...

राजकुमार साह 
कञ्चनपुर, मंसिर १६ गते । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं.१ को महाधिवेशन प्रतिनिधि १४  सिटमध्ये १० सिटमा बद्री प्रसाद महत्मान र ४ सिटमा ललनप्रसाद गुप्ता टिमले लिड गरिरहेका छन् ।

महाधिवेशन प्रतिनिधि महिला ४ र खुला १० गरि १४ सिटमा दुवै प्यानलबाट २८ जनाले उम्मेदबारी दिएका छन् । कूल ७१४ मतदाता मध्ये ६९८ मत खसेको छ । अहिलेसम्म ६ सय मतको परिणाम अनुसार  महाधिवेशनको ४ महिला सिटमा बद्रीप्रसाद महत्मान टिमबाट ३ जना अगाडी रहेका छन् । उक्त टिमबाट निरु पोखरेलले ३१७ मत,मिना चौधरीले ३०० मत,रेणु गुप्ताले ८५ मत ल्याएर अगाडी छ । ललनप्रसाद गुप्ताको टिमबाट मुना पोखरेल २५७,लक्ष्मी गिरि २६७,मुनी गुप्ता २९१ ल्याएर लिड गरिरहेका छन् ।
महाधिवेशनको १० खुल्ला सिटमध्ये महत्मान टिमबाट ७ जना लिड गर्दैछन् । जसमध्ये सुबोध पोखरेल ३१५,हेमनाराया चौधरी ३१,रामदेव साह ३०७, उमेश बस्नेत ३०२,खगेन्द्र कर्ण २८६,देवनारायण गोइत २८२,देवनारयाण मण्डल २७७ मत ल्याएर लिड गरिरहेका छन् ।

त्यसैगरि गुप्ता प्यानलबाट तीन जनाले लीड गर्दैछन् । जसमध्ये तेजनारायण यादब(महेश) ३१९,रामकुमार चौधरी २९८ र शत्रुघन यादब २८० मत ल्याएर लिड गरिरहेका छन् ।
२५ सदस्य क्षेत्रिय कार्यसमितिका लागि महत्मान र गुप्ताको दुई प्यानलका ४३ जनाले उम्मेदबारी दर्ता गरएका छन् । २५ सदस्य केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि  दुई प्यानलका ५० जनाले उम्मेबारी दर्ता गराएका छन् ।  क्षेत्रीय सभापतिको लागि बद्री प्रसाद महत्मान र ललनप्रसाद गुप्ताले मंगलबार उम्मेदवारी दर्ता गराएको छ ।
बद्री नारायण महत्मानको टिमबाट पदाधिकारीमा सचिवमा हृदय नारायण चौधरी र ओमप्रकाश साह तथा सह–सचिवमा नन्देश्वर मण्डल र जोगेन्द्र यादब रहेका छन् । त्यसैगरि ललनप्रसाद गुप्ताको टिमबाट पदाधिकारीमा सचिव तर्फ दुर्गाप्रसाद भट्टराई र नारायण प्रसाद यादब (महरान), तथा सह–सचिवमा महानन्द झा र जुगनारायण खिडहरीले उम्मेदबारी दर्ता गराएका हुन् । 

काङ्ग्रेस सप्तरीका सभापति दिनेश यादवको प्यानलबाट क्षेत्रीय सभापतिको लागि ललनप्रसाद गुप्ताको उम्मेदवारी दर्ता गराएका छन् भने कोइराला–पौडेल टिमबाट बद्री प्रसाद महत्मानले भिडेको छ । काग्रेससोतका अनुसार महत्मान र गुप्ताबीच कडा प्रतिस्पर्धा भएकोले थोरै मतान्तरले जितहार हुने बताइएको छ ।

प्रतिक्रिया