सप्तरी–१ मा महाधिवेशन प्रतिनिधिको १४ सिटमध्ये ८ सिटमा बद्री र ६ सिटमा गुप्ताको प्यानल बिजय

  • मंसिर १६, २0७८
  • 0
...

राजकुमार साह 
कञ्चनपुर, मंसिर १६ गते । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं.१ को महाधिवेशन प्रतिनिधि १४  सिटमध्ये ८ सिटमा बद्री प्रसाद महत्मान र ६ सिटमा ललनप्रसाद गुप्ता टिम बिजय भएका छन् ।

महाधिवेशन प्रतिनिधि महिला ४ र खुला १० गरि १४ सिटमा दुवै प्यानलबाट २८ जनाले उम्मेदबारी दिएका थिए ।  कूल ७१४ मतदाता मध्ये ६९८ मत खसेको छ । अहिलेसम्म ६ सय मतको परिणाम अनुसार  महाधिवेशनको ४ महिला सिटमा बद्रीप्रसाद महत्मान टिमबाट ३ जना बिजय भएका भने एक जना गुप्ताको टीमबाट बिजय भएको छ ।

उक्त टिमबाट निरु पोखरेलले सर्बाधिक ३६३ मत,मिना चौधरीले ३४७ मत,रेणुु गुप्ताले ३२९ मत ल्याएर  बिजय भएका छन् । ललनप्रसाद गुुप्ताको टिमबाट मुनीकुमारी गुप्ता ३४३ ल्याएर बिजय भएकी छिन् ।

महाधिवेशन प्रतिनिधिको १० खुल्ला सिटमध्ये महत्मान टिमबाट ५ जना बिजय भएका छन्  । जसमध्ये सुबोध पोखरेल ३५९,हेमनाराया चौधरी ३५९,रामदेव साह ३५०,उमेश बस्नेत ३४५,खगेन्द्र कर्ण ३२६ मत ल्याएर बिजय भएका छन् ।
त्यसैगरि गुप्ता प्यानलबाट पाँच जना बिजय भएका छन् ।

गुप्ता प्यानलबाट तेजनारायण यादब(महेश) ३७७,रामकुमार चौधरी ३५४ र शत्रुघन यादब ३३७ मत र घनान्द यादब ३२७ मत ल्याएर बिजय भएका छन् ।
समानुपातिक समावेशी महाधिवेशन प्रतिनिधितर्फ मधेशी महिला एक जना,मधेशी २ जना, दलित महिला एक जना, दलित २ जना, थारु एक जना,मुश्लिम एक जना,अपाङ्ग÷ अल्पसंख्यक एक जना,आदीवासी जनजाति एक जना गरि ११ जनाको मत गणनाको परिणाम आउन बाँकी छ ।
 
२५ सदस्य क्षेत्रिय कार्यसमितिका लागि महत्मान र गुप्ताको दुुई प्यानलका ४३ जनाले उम्मेदबारी दर्ता गरएका छन् । २५ सदस्य केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि  दुई प्यानलका ५० जनाले उम्मेबारी दर्ता गराएका छन् ।  क्षेत्रीय सभापतिको लागि बद्री प्रसाद महत्मान र ललनप्रसाद गुप्ताले मंगलबार उम्मेदवारी दर्ता गराएको छ ।

बद्री नारायण महत्मानको टिमबाट पदाधिकारीमा सचिवमा हृदय नारायण चौधरी र ओमप्रकाश साह तथा सह–सचिवमा नन्देश्वर मण्डल र जोगेन्द्र यादब रहेका छन् । त्यसैगरि ललनप्रसाद गुप्ताको टिमबाट पदाधिकारीमा सचिव तर्फ दुुर्गाप्रसाद भट्टराई र नारायण प्रसाद यादब (महरान), तथा सह–सचिवमा महानन्द झा र जुगनारायण खिडहरीले उम्मेदबारी दर्ता गराएका हुन् । 

काङ्ग्रेस सप्तरीका सभापति दिनेश यादवको प्यानलबाट क्षेत्रीय सभापतिको लागि ललनप्रसाद गुप्ताको उम्मेदवारी दर्ता गराएका छन् भने कोइराला–पौडेल टिमबाट बद्री प्रसाद महत्मानले भिडेको छ । काग्रेससोतका अनुसार महत्मान र गुप्ताबीच कडा प्रतिस्पर्धा भएकोले थोरै मतान्तरले जितहार हुने बताइएको छ ।

प्रतिक्रिया