राजकुमार साह
कञ्चनपुर, मंसिर १६ गते । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सप्तरीको संघीय प्रतिनिधिसभा क्षेत्र नं.१ को सभापतिमा ललनप्रसाद गुप्ताभन्दा ३मतले बद्री प्रसाद महत्मान अगाडी छन् ।
संघिय प्रतिनिधिसभा क्षेत्र नम्बर १को सभापतिका लागि खसेको मतको २ सय मतपरिणाम अनुसार सचिव दुई जनामा महत्मान प्यानलका हृदय नारायण चौधरी ८७.मत र ओमप्रकाश साहले ८४ मत ल्याएका छन् । गुप्ता प्यानलबाट सचिवमा दुुर्गा प्रसाद भट्टाईले १०५मत र नारायण प्रसाद यादब (महरान)ले १०४ मत ल्याएका छन् ।
संघिय प्रतिनिधिसभा क्षेत्र नम्बर १को सह–सचिव दुई जनामा महत्मान प्यानलका नन्द केश्वर मंडलले ५३ मत र जोगेन्द्र यादबले ८७ मत ल्याएका छन् भने गुप्ता प्यानलका जुुग नारायण खिडहरीले १०५ .मत र महानन्द झाले १०१ मत ल्याएका छन् ।
संघिय प्रतिनिधिसभा क्षेत्र नम्बर १को क्षेत्रिय कार्यसमिति खुल्ला महिला एक जनामा महत्मान प्यानलबाट रोबिदा खातुनले ९० र गुप्ता प्यानलका ललिताकुमारी साहले १०२ मत ल्याएकी छिन् ।
संघिय प्रतिनिधिसभा क्षेत्र नम्बर १को क्षेत्रिय कार्यसमिति खुल्ला तीन जनामा महत्मान प्यानलबाट अशोक कुमार झाले ९२ मत, जय शंकर कुशयैत यादबले ९१ र विष्णु देव यादब ९४ मत ल्याएका छन भने गुप्ता प्यानलका कृष्णदेव मण्डलले ९७ मत,पर्शराम बस्ने ९८ मत र आशाराम महतोले ९७ मत ल्याएका छन् ।
संघिय प्रतिनिधिसभा क्षेत्र नम्बर १को क्षेत्रिय कार्यसमितिको मधेशी एक जनामा महत्मान प्यानलका मदन कुमार लाभ ९४ मत र दिनानाथ प्रसाद गुप्ताले ९६मत ल्याएका छन् ।
संघिय प्रतिनिधिसभा क्षेत्र नम्बर १को क्षेत्रिय कार्यसमितिको मधेशी महिला एक जनामा विमला देवी साहले ९१ मत र गुप्ता प्यानलकी सतनीदेवी सदाले १०२ मत ल्याएकी छिन् ।
संघिय प्रतिनिधिसभा क्षेत्र नम्बर १को क्षेत्रिय कार्यसमितिको दलित महिला एक जनामा महत्मान प्यानलका विमलादेवी तत्मा ९२ मत र गुप्ता प्यानलका गुलावदेवी चौधरी १०३ मत ल्याएकी छिन् ।
संघिय प्रतिनिधिसभा क्षेत्र नम्बर १को क्षेत्रिय कार्यसमितिको दलित एक जनामा महत्मान प्यानलका विष्णुदेव राम ९३ मत र गुप्ता प्यानलका कौशिलादेवी साफले १०४ मत ल्याएकी छिन् ।
संघिय प्रतिनिधिसभा क्षेत्र नम्बर १को क्षेत्रिय कार्यसमितिको एक जना मुश्लिममा महत्मान प्यानलका कुदरत अलीले ९४ मत र गुप्ता प्यानलका मोहम्मद कासिमले १०२ मत ल्याएका छन् ।
संघिय प्रतिनिधिसभा क्षेत्र नम्बर १को क्षेत्रिय कार्यसमितिको थारु एक जना महत्मान प्यानलका दिपेन्द्रकुमार चौधरीले ९३ मत र गुप्ता प्यानलका दिपकुमार चौधरी १०७ मत ल्याएका छन् ।
संघिय प्रतिनिधिसभा क्षेत्र नम्बर १को क्षेत्रिय कार्यसमिति अपाङ्ग÷ अल्पसंख्यक एक जनामा महत्मान प्यानलका रमण कर्ण ९३ मत र गुप्ता प्यानलका देवनारायण गुप्ताले १०१ मत ल्याएका छन् । कूल ७१४ मतदाता मध्ये ६९८ मत खसेको छ ।
प्रतिक्रिया