सप्तरी–१ मा समानुपातिक महाधिवेशन प्रतिनिधितर्फ गुप्ता प्यानलको अग्रता

  • मंसिर १७, २0७८
  • 0
...

राजकुमार साह 
कञ्चनपुर, मंसिर १६ गते । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं.१ को सभापति पदमा महाधिवेशन प्रतिनिधि ( समानुपातिकतर्फ) ११  सिट मध्ये १० सिटमा ललनप्रसाद गुप्ता प्यानल र एक सिटमा बद्री प्रसाद महत्मान प्यानल अगाडी छन् ।

समानुपातिक समावेशी महाधिवेशन प्रतिनिधितर्फ ३०३ मतको परिणाम अनुसार मधेशी महिला  एक जनामा महत्मान प्यानलको पुनम देवी यादबले १३४ मत, गुप्ता प्यानलकी पार्वतीदेवी माझीले १५३ मत, मधेशी २ जनामा महत्मान प्यानलका राम नरेश यादबले १३६ मत, सत्यनारायण साहले १२८ तथा गुप्ता प्यानलका वैजनाथ प्रसाद गुप्ताले १६१,सत्य जित झा(ज्योति)ले १५१ मत, दलित महिला एक जनामा महत्मान प्यानलकी रमणीदेवी राम १३८ र गुप्ता प्यानलकी रमा देवी मण्डल १५५ मतले अग्रता लिएका छन् ।

दलित २ जनामा महत्मान प्यानलका बुदुर रामले १३१ र भुवनेश्वर साफीले १३५ मत तथा गुप्ता प्यानलका बलराम खंग खत्वेले  १६० मत र रमानन्द सरदारले १४९ मत ल्याएका छन् । थारु एक जना महत्मान प्यानलका आशाराम चौधरीले १४९मत र गुप्ता प्यानलका दिपनारायण लेखीले १४५ मत ल्याएका छन् ।

एक जना मुश्लिम महाधिवेशन प्रतिनिधितर्फ महत्मान प्यानलका रोजित शेखले १३१ र गुप्ता प्यानलका मोहम्मद नेसार अहमदले १६१मत ल्याएका छन् ।
अपाङ्ग÷ अल्पसंख्यक एक जनामा महत्मान प्यानलका रजंन प्रसाद साहले १२८मत र हेमन्त भटेरा जैनले  १६३ मत ल्याएका छन् ।  खसआर्यतर्फ महत्मान प्यानलका युवराज कोइरालाले १३५ मत र गुप्ता प्यानलका श्रवण कुमार विष्टले १५७ मत ल्याएका छन् ।

आदीवासी जनजाति एक जनामा महत्मान प्यानलका रामलखन मण्डल ले १३२मत र गुप्ता प्यानलकी सुधा चौधरीले १५८ मत ल्याएकी छिन् । कूल ७१४ मतदाता मध्ये ६९८ मत खसेको छ ।

प्रतिक्रिया