विषाधी परिक्षण गरेपछि मात्र तरकारी आयात गर्न माँग

  • असार २९, २0७६
  • 0
...

अवलाेकित दैनिक

कञ्चनपुर,असार २८ गते । कञ्चनरुप नगरपालिकाका व्यापारीहरुले विषाधी परिक्षण गरेर मात्र तरकारी लगायतका खाद्यान्य भारतबाट आयात गर्न जोड दिएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय राजविराजको आयोजना तथा  कञ्चनरुप व्यपार संघको समन्वयमा बजार अनुगमन सम्बन्धि विषयमा व्यपारीहरुसंग अन्तरक्रिया कार्यक्रममो सो कुरामा जोड दिइएको हो । 
कार्यक्रममा व्यपारीहरुले भारतीय बजारबाट खुला रुपमा समान आउन बन्द नभएसम्म यताका व्यापारीहरु पिडीत भइरहने गुनासो गरेका थिए ।
कार्यक्रममा प्रमुखअथिति कञ्चनरुप व्यापार संघका अध्यक्ष चन्दन गुप्ताले ठूलो व्यपारीहरुले नै ‘अन्डरबिलिङ्ग’ गरेर कर छली गरीरहेकोले माथिबाटै कर छलीको समस्या नियन्त्रण गर्नुपर्ने सुझाव दिएका थिए  । व्यपारीहरुले स्थानीय,प्रदेश र संघीय तीनै तहका सरकारलाई कर तिर्न बाध्य भएकाले कुनै एक ठाउँमा मात्र कर तिर्न व्यवस्था गर्नुपर्ने माँग अध्यक्ष गुप्ताले गरेका थिए । 
कर्मचारीहरु सबै भारतीय समान प्रयोग गर्छ,उही कर्मचारी अनुगमनमा आउँदा त्यही समान गुणस्तरीय नभएको भन्दै नष्ट गर्ने गरेको व्यापारीहरुको गुनासो पाखेको थियो । 
व्यापार संघका सचिव शशी साहले व्यापारीहरुले समान्य सिफारिस लिन जादा समेत नगरपालिकामा कर अनावश्यक कर तिर्नु बाध्य भएपनि तिरको कर अनुसार व्यापारीहरुले कुनै फाईदा नपाएको गुनासो गरेका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय राजविराजका उद्योग अधिकृत सन्तोष कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन वरिष्ठ उद्यम विकाश सहजकर्ता विरेन्द्र प्रसाद साहले गरेका थिए ।

प्रतिक्रिया