सप्तरी – १ मा क्षेत्रिय सभापतिमा ललन गुप्ताको प्यानल विजय

  • मंसिर १७, २0७८
  • 0
...

राजकुमार साह 
कञ्चनपुर, मंसिर १७ गते ।
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सप्तरीको संघीय प्रतिनिधिसभा क्षेत्र नं.१ को सभापतिमा  ललनप्रसाद गुप्ता २१ मतान्तरले बिजय भएको छ ।

सभापतिमा बद्री प्रसाद महत्मानले ३१० मत ल्याउँदा गुप्ताले ३३१ म्त ल्याएर बिजय भएका हुन् । संघिय प्रतिनिधिसभा क्षेत्र नम्बर १को सभापतिको सचिव दुई जनामा गुप्ता प्यानलबाट सचिवमा दुुर्गा प्रसाद भट्टाईले ३५४ मत र नारायण प्रसाद यादब (महरान)ले ३३३ मत ल्याएर बिजय भएका छन् भने महत्मान प्यानलका हृदय नारायण चौधरी ३१९ मत र ओमप्रकाश साहले ३११ मत ल्याएका छन् ।

सह–सचिव दुुई जनामा गुप्ता प्यानलका जुुग नारायण खिडहरीले ३४६ मत  र महानन्द झाले ३३५ मत ल्याएर बिजय भएका छन् भने महत्मान प्यानलका नन्द केश्वर मंडलले २८९ मत र जोगेन्द्र यादबले ३२० मत ल्याएका छन् ।

क्षेत्रिय कार्यसमिति खुल्ला महिला एक जनामा महत्मान प्यानलबाट रोबिदा खातुनले ३११ म्त ल्याउदा गुप्ता प्यानलका ललिताकुमारी साहले ३११ मत ल्याएर बिजय भएकी छिन् ।
कार्यसमितिको खुल्ला तीन जनामा गुप्ता प्यानलका कृष्णदेव मण्डलले ३४६ मत,पर्शराम बस्ने ३३७ मत र आशाराम महतोले ३३४ मत ल्याएर बिजय भएका छन् भने महत्मान प्यानलबाट अशोक कुुमार झाले ३२० मत, जय शंकर कुशयैत यादबले ३२२ मत र विष्णुदेव यादब ३२३ मत ल्याएका छन् ।

क्षेत्रिय कार्यसमितिको मधेशी एक जनामा महत्मान प्यानलका मदन कुमार लाभ ३२५ मत ल्याउँदा गुप्ता प्यानलका दिनानाथ प्रसाद गुप्ताले ३४२ मत ल्याएर बिजय भएका छन् ।
मधेशी महिला एक जनामा  विमला देवी साहले ३२५ मत ल्याउदा र गुप्ता प्यानलकी सतनीदेवी सदाले ३४३ मत ल्याएर बिजय भएकी छिन् । 

कार्यसमितिको दलित महिला एक जनामा महत्मान प्यानलका विमलादेवी तत्मा ३२३ मत ल्याउँदा गुप्ता प्यानलका गुलावदेवी चौधरी ३५२ मत ल्याएर बिजय भएकी छिन् ।
दलित एक जनामा महत्मान प्यानलका विष्णुदेव राम ३२६ मत ल्याउदा गुप्ता प्यानलका कौशिलादेवी साफीले  ३५० मत ल्याएर बिजय भएकी छिन् ।

एक जना मुश्लिममा महत्मान प्यानलका कुदरत अलीले ३३१ मत ल्याउदा  गुप्ता प्यानलका मोहम्मद कासिमले ३४३ मत ल्याएर बिजय भएका छन् ।

थारु एक जना महत्मान प्यानलका दिपेन्द्रकुमार चौधरीले ३३२ मत ल्याउदा गुप्ता प्यानलका दिपकुमार चौधरी ३४६ मत ल्याएर बिजय भएका छन् । अपाङ्ग÷ अल्पसंख्यक एक जनामा महत्मान प्यानलका रमण कर्ण ३३० मत ल्याउदा गुप्ता प्यानलका देवनारायण गुुप्ताले ३३९  मत ल्याएर बिजय भएका छन् । कूल ७१४ मतदाता मध्ये ६९८ मत खसेको छ ।
महाधिवेशन प्रतिनिधिको १४ सिटमध्ये १० सिटमा बद्री  र १५ सिट 

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं.१ को महाधिवेशन प्रतिनिधिको २५  सिटमध्ये १० सिटमा बद्री प्रसाद महत्मान र १५ सिटमा ललनप्रसाद गुप्ता टिम बिजय भएका छन् ।

महाधिवेशन प्रतिनिधि महिला ४ र खुला १० गरि १४ सिटमा दुवै प्यानलबाट २८ जनाले उम्मेदबारी दिएका थिए ।  कूल ७१४ मतदाता मध्ये ६९८ मत खसेको थियो । 

महाधिवेशनको ४ महिला सिटमा बद्रीप्रसाद महत्मान टिमबाट ३ जना बिजय भएका भने एक जना गुप्ताको टीमबाट बिजय भएको छ । उक्त टिमबाट निरु पोखरेलले सर्बाधिक ३६३ मत,मिना चौधरीले ३४७ मत,रेणुु गुप्ताले ३२९ मत ल्याएर  बिजय भएका छन् । ललनप्रसाद गुुप्ताको टिमबाट मुनीकुमारी गुप्ता ३४३ ल्याएर बिजय भएकी छिन् ।

महाधिवेशन प्रतिनिधिको १० खुल्ला सिटमध्ये महत्मान टिमबाट ५ जना बिजय भएका छन्  । जसमध्ये सुबोध पोखरेल ३५९,हेमनाराया चौधरी ३५९,रामदेव साह ३५०,उमेश बस्नेत ३४५,खगेन्द्र कर्ण ३२६ मत ल्याएर बिजय भएका छन् ।
त्यसैगरि गुप्ता प्यानलबाट पाँच जना बिजय भएका छन् । गुप्ता प्यानलबाट तेजनारायण यादब(महेश) ३७७,रामकुमार चौधरी ३५४ र शत्रुघन यादब ३३७ मत र घनान्द यादब ३२७ मत ल्याएर बिजय भएका छन् ।

समानुपातिकतर्फ ११ मध्ये ९ सिटमा गुप्ताको प्यानल विजय
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं.१ को सभापति पदमा महाधिवेशन प्रतिनिधि ( समानुपातिकतर्फ) ११  सिट मध्ये ९ सिटमा ललनप्रसाद गुप्ता प्यानल र २ सिटमा बद्री प्रसाद महत्मान प्यानल अगाडी छन् ।

समानुपातिक समावेशी महाधिवेशन प्रतिनिधितर्फ अन्तिम मतपरिणाम अनुसार मधेशी महिला  एक जनामा महत्मान प्यानलको पुनम देवी यादबले ३१७ मत ल्याउँदा गुप्ता प्यानलकी पार्वतीदेवी माझीले ३३९मत ल्याएर विजय भएकी छिन् । 

मधेशी २ जनामा महत्मान प्यानलका राम नरेश यादबले ३३७ मत, सत्यनारायण साहले ३०४ ल्याउदा  गुप्ता प्यानलका वैजनाथ प्रसाद गुप्ताले ३५०,सत्य जित झा(ज्योति)ले ३३९ मत ल्याएर विज भएका छन् ।

दलित महिला एक जनामा महत्मान प्यानलकी रमणीदेवी राम ३१४ल्याउदा  गुप्ता प्यानलकी रमा देवी मण्डल ३२७ मतले विजय भएकी छिन् ।

दलित २ जनामा महत्मान प्यानलका बुदुर रामले ३२७  ल्याएर परिाजित भएका छन् भने सोही प्यानलका भुवनेश्वर साफीले ३५३ मत ल्याएर बिजय भएका छन् । गुप्ता प्यानलका बलराम खंग खत्वेले  ३६३ मत  ल्याएर बिजय भएका छन्  भने  रमानन्द सरदारले ३२३ मत ल्याएर पराजित भएका छन् । थारु एक जना महत्मान प्यानलका आशाराम चौधरीले ३५३ मतले विजय भएका छन् भने गुप्ता प्यानलका दिपनारायण लेखीले ३२४ मत ल्याएका छन् ।

एक जना मुश्लिम महाधिवेशन प्रतिनिधितर्फ महत्मान प्यानलका रोजित शेखले ३२१ मत ल्याएका छन् भने  गुप्ता प्यानलका मोहम्मद नेसार अहमदले १६१मत ल्याएर विजय भएका छन् ।

अपाङ्ग÷ अल्पसंख्यक एक जनामा महत्मान प्यानलका रजंन प्रसाद साहले २८३ मत ल्याएका छन्  हेमन्त भटेरा जैनले  ३५७ मत ल्याएर बिजय भएका छन् ।  खसआर्यतर्फ महत्मान प्यानलका युवराज कोइरालाले ३१७ मत ल्याएका छन् भने  गुप्ता प्यानलका श्रवण कुमार विष्टले ३४९ मत ल्याएर बिजय भएका छन् ।

आदीवासी जनजाति एक जनामा महत्मान प्यानलका रामलखन मण्डल ले ३२१ मत ल्याएका छन् भने गुप्ता प्यानलकी सुधा चौधरीले ३५१ मत ल्याएर बिजय भएकी छिन् । कूल ७१४ मतदाता मध्ये ६९८ मत खसेको थियो ।

प्रतिक्रिया