कञ्चनपुर,मंसिर १७ गते । पशु आहारा मिसन कार्यक्रम अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकाका पशु पँक्षी विकास शाखा कञ्चनपुरले घास विउ वितरण थालेका छन् ।
शखाले २५ क्यून्टल बिऊ गत मंगलवार वडा कार्यालय मार्फत वितरण गर्न थालेका हुन् । पालिकाका १२ वटै वडामा १ सय ६० केजीका दरले प्रत्येक वडामा दिईएको पशु पँक्षी विकास शाखा पशु विकास अधिकृत दिवाकान्त चौधरीले जानकारी दिएको छ । शाखा अधिकृत चौधरीका अनुसार हाल सम्म २ सय ५० जनालाई वितरण गरिएको जनाएको छ ।
अधिकृत चौधरीले भने,‘ बिऊ व्यवसायिक किसानहरुका लागि मात्र रहेको तर वडाहरुले साना तिना किसानहरुलाई सिफारीस दिएर पठाउँने गरेको छ । उनीहरुलाई पनि दिएका छौं ।’ सबभन्दा बढी बिउ वडा नंम्वर ८ र ९ मा वितरण भएको चौधरीले बताए ।
प्रतिक्रिया