सुनिल सरवरिया
कञ्चनपुर,मंसिर १७ गते । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) अवि नारायण काफ्ले पत्रकारलाई सुरक्षा,सम्मान र सूचना दिन पूर्णप्रतिबद्ध रहेको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा भएर आएपछि शुक्रबार सप्तरीको पत्रकारसँग गरिएको अन्तरक्रियामा प्रहरी उपरीक्षक काफ्लेले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘ सप्तरी जिल्लाको सुरक्षा र समृद्धिका लागि मैले गर्नु आफनो पदीय मर्यदामा रहेर सबै का मगर्न तयार छु।’ पत्रकारहरुसँग अन्तरक्रियामा एसपी काफ्लेले भने,‘ म अहिले धेरै कुरा भन्दिन काम गरेर देखाउँछु ।’ कार्यक्रममा नेपाल पत्रकार महासघ प्रदेश २का सचिव भोला पासवानले कञ्चनरुप नगरपालिका लगायतका बजारमा संचालित होटलमा प्रहरीकै मिलोमतोमा खुलेआम यौन व्यवसाय संचालन भइरहेको र लागुऔषधको समस्या गाउँको प्रत्येक टोलमा पुगेकोले त्यसतर्फ सक्रिय भएर काम गर्न सुझाव दिएका थिए ।
नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य ललिता साहले सप्तरीमा ट्राफिकहरुले खुलेआम पैसा असूल गरिरहेका र महिला हिंसाको पीडितलाई प्रहरीले अनदेखा गरेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेकी थिइन ।
पत्रकार महासघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले सप्तरी जिल्लामा राम्रो काम गरेर जाने प्रहरी प्रमुखलाई यहाँका नागरिक समाजले सम्मान गरेकोले उक्त सम्मान गर्न आफ़ूहरुले पाउने गरि काम गर्न आग्रह गरेका थिए । पत्रकार मनोहर पोखरेलले पत्रकारहरु सूचनाको भोका रहेकोले सत्यतथ्य सूचना समयमै उपलब्ध गाराउन आग्रह गरेका थीए ।
प्रतिक्रिया