गुणस्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय ल्याव परिक्षण अपरिहार्य : मन्त्री साह

  • मंसिर १७, २0७८
  • 0
...

 जनकपुरधाम,मंसिर १७ गते । प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाद्वारा जनकपुरधाममा आयोजित विस्तारित  ल्याव सेवाहरुको अभिमुखीकरण कार्यक्रममा वोल्दै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले गुणस्तरीय ल्याव परिक्षणले गुणस्तरीय स्वास्थ्यमा सहयोग पुग्ने भएकोले गुणस्तरीय परिक्षण गरिदिन अनुरोध गरेका छन।

मन्त्री साहले सवैको सहयोगले प्रदेश २ का प्रयोगशाला अव्वल वनेकोमा सवैलाई धन्यवाद दिदै आगामी दिनहरूमा पनि सेवा विस्ताको लागि प्रदेश सरकार तयार रहेको वताए ।

कार्यक्रममा प्रदेश २ नीति तथा योजना आयोगका उपाध्यक्ष मा.भोगेन्द्र झा,प्रमुख सचिव ,सामाजिक विकास मन्त्रालयका सचिव ईमनारायन श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया