राजकुमार साह
कञ्चनपुर, मंसिर १९ गते । सप्तरीको कञ्चनरूप नगरपालिका भित्रकाका सहकारी मार्फत बिउ बिजन बिक्रि वितरण गर्दै वितरकाहरुले इज्जात पत्र नगरपालिकामा बुझाउने भएका छन् ।
कञ्चनरुप नगरपालिकालाई पटक पटक ध्यानर्कषण गराउँदा समेत नियम बिपरीत बिऊ बिजन र कटिनाशक औषधी खरिद गर्ने काम रोक्नुका सट्टा सहकारीलाई होच्याउदै व्यपारीको शैलिमा बिउ विजन र बिषाधी वितरण गरिरहेकोले बाध्य भएर पालिकामा आईतवार उजुरी दिनु परेको नगर सहकारी अध्यक्ष राजेन्द्र प्रसाद यादवले बताए ।
कञ्चनरुप नगरपालिकाले अवैध तरिकाले गहुको बिऊ खरिद गरेपछि नगरभित्रका बिउ बिजन बिक्रि वितरण गरेपछि उनीहरुले बिरोध गरेको हो । कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्र तानाशाहीको शैलिमा पालिका संचालन गरिहरको गहुँको विउ खरिदले प्रस्ट गरेको वितरकहरुको आरोप लगाएका छन् ।
बिउ बिजन बिक्रिवितरण गर्न कृषि सामग्री कम्पनी ईटहरीमा प्रत्येक सहकारी डिलरहरूले ५० हजार धरौटी जम्मा गरी बिउ विजन वितरण गर्न इजाजत दिएको उजुरीमा उल्लेख छन् । उक्त इजाजतबाट सहकारी कारोवार गरिरहेकोमा हाल नगरपालिकाले गहुँको विउ बिक्रि गर्दा पालिका भित्रका सहकारी आर्थिक नोक्सान हुने भएकोले सो रकम क्षतीपूर्ति पालिकाबाट उपल्बध गराई दिनुहुने माँग उजुरीमा उल्लेख छन् ।
साथै पालिकाले बिउ विजन र बिषाधी लगायत समान वितरण गरी रहेकोले पालिका भित्रका सम्पूर्ण बिउ विजन र बिषाधिको इजाजत पत्र रद्दगरी मात्र पालिकाले कारोवार गर्न उजुरीमा उल्लेख गरेका छन् ।
त्यस्तै पालिकाले कानुनको कुन प्रक्रिया अपनाई गहुँको बिउविजन र बिषाधी खरिद गरि बिक्रि वितरण गरिरहेको जानकारी समेत माँग गरेको उजुरीमा उल्लेख छन् । कञ्चनरूप पालिकाले किसानलाई ५० प्रतिशत छुटमा गैहुको विउ दिने नाउमा सार्वजनिक खरिद ऐन २०६३ र खरिद नियमावली २०७७ विपरित ४ सय २५ बोरा गँहु मंसिर १७ गतेमा साल्ट्रेडिगा करपोरेशन हेटौडासंग खरिद गरेको छ ।
जबकि पालिकामा प्रशासकिय अधिकृतको बिवादले गएको कार्तिक १० गतेदखि प्रशासनिक कार्य ठप्प छ भने कार्तिक २२ गतेमा जनकपुर ईजलास राजविराजले अन्तरीम आदेश जारी गर्दे तत्कालिन निमित अधिकृतलाई कुनै किसमको आर्थिक कारोवार नगर्न नगराउन आदेश दिएको छ । उक्त विवाद हाल सम्म समाधान नह्दै पालिकाका नगरप्रमुख बसन्त कुमार मिश्रको ठाडो आदेशमा ४ सय २५ बोरा गैहु खरिद भएको छ । पालिकाले खरिद गरेको गँहु पालिका भित्रका कुन सहकारी र प्यान नं. बाट खरिद गरेको केहि उल्लेख छैन् ।
४ सय २५ बोरामा एन एल ९७१ जातको २ सय ५० बोरा, गौतम जातको १ सय २५ बोरा र विजय जातको १ सय ५० बोरा गैहु साल्ट्रेडिगा करपोरेशन हेटौडासंग पालिकाले खरिद गरेपनि कुन दर रेटमा खरिद भएको विलमा केहि उल्लेख छैन् । तर, पालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको वितरण गर्नु पर्ने भएकोले लागत मुल्यको ५० प्रतिशत मुल्य तिरि अनुदानको गेहुँ विउ बुझि लिई भरपाईमा सहि छाप गरिदियौ भने सधारण टिपोटमा विउ वितरण भई रहेपनि कृषकले तिरेको रकमको कुनै विल भरपाई पालिकाले दिईरहेको समेत छैन् । यस सन्दर्भमा कृषि विकाश समितिका संयोजक नगर उपप्रमुख निरू पोखरलसंग बुझदा गत बर्ष गहु विउ वितरण भएकोले त्यसको निरन्तरता दिने कुरो भए पनि प्रक्रिया मिचेर खरिद गरेको गहँ विउमा आफनो कुनै संलगनता नरहेको बताईन । नगरप्रमुख बसन्त कुमार मिश्रका अनुसार पालिकाले कानुन प्रक्रिया अपनाएर गहु विउ खरिद नगरेपनि व्यवाहरीकतामा खरिद भएको बताए । साथै
सहाकारीबालाहरूले दिएको उजुरी कार्यपालिकाको बैठकमा पेश गर्ने उनले बताए । पालिकाकाका १२ वडामा प्रत्येक वडालाई ३० बोराको दरले वडा अध्यक्षको सिफारीसमा कृषि शाखाले आईतवारदेखि गहु विउ वितरण शुरू गरेको छ ।
प्रतिक्रिया