दलित समुदाय राज्यको सेवा सुविधा र अवसरबाट वन्चित रहेसम्म लोकतन्त्रको अनुभूति हुन सक्दैन : अध्यक्ष यादव

  • मंसिर २0, २0७८
  • 0
...


महोत्तरी (बर्दिवास), मंसिर १९ गते  । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित समुदाय राज्यको सेवा सुविधा र अवसरबाट वन्चित रहेसम्म लोकतन्त्रको अनुभूति हुन नसक्ने बताएका छन् । 

महोत्तरीको बर्दिवासमा आईतवार आयोजित दलित समुदायको वर्तमान अवस्था / समस्या र समाधान विषयक कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा अध्यक्ष यादवले राज्यद्वारा हुँदै आएको विभेद, असमान्ता र दूरदृष्टि सोच नभएकोकारण नेपाल समृद्ध राष्ट्र बन्न नसकेको दावी गरेका छन् ।

‘मुलुकको दुई तिहाई जनसंख्या शिक्षा, स्वास्थ्य, रोजगारी र राजनीतिबाट वन्चित छन् । सबभन्दा बढी जनसंख्या भएका दलित समुदाय भूमिहीन हुन, आर्थिक रुपमा कमजोर रहेको छ । ’ अध्यक्ष यादबले 
भने,‘नेपालमा विदेशी दातृहरुले यहाँको विकासका लागि अहिलेसम्म ३६ खर्ब रुपैया ऋण दिएको तर असमान्ता र विभेदकै कारण समृद्ध नेपाल बन्न सकेको छैन  । दलित समुदायको आर्थिक, समाजिक, राजनीतिक, शिक्षा, स्वास्थ्य र रोजगारमा पहुँच भएमा नेपाल स्वतः समृद्ध हुनेछ ।’

जसपा अध्यक्ष यादवले मनुस्मृतिलाई कोट्याउँदै जातजातिबीचको विभेद मनुस्मृतिले ल्याएको छ । मनुस्मृतिमा वर्ग र वर्ण व्यवस्थाको कारण कोही समुदाय शिक्षा, रोजगारी, त कोही राजनीतिबाट वन्चित रह्यो । मनुस्मृति त्यतिबेलाको संविधान नै थियो । मुख र हात खुट्टाबाट कोही पनि जन्मिदैन, पेटबाट नै जन्मिन्छ । तर मनुस्मृतिमा यी कुराहरु दर्शाइएको हो । दलित समुदाय शिक्षित भएमा सबैमा यी कुराको थाहा हुन्छ र विभेद आफै हट्ने विश्वास छ । त्यसैले शिक्षित र संगठित भई अगाडि बढ्न सबैमा आग्रह पनि गरे ।

समाज, प्रदेश र राष्ट्रलाई समाप्त पार्नका लागि त्यहाँका कला, संस्कृति, भेषभूषा र स्थानीय पहिचान समाप्त पार्नुपर्छ । नेपाल जस्ता सुन्दर र सम्पन्न मुलुक अन्य कही छैन । तर यहाँका साँस्कृतिकमाथि नै प्रहार भएको छ । जबसम्म हामी वैदेशिक साँस्कृति अपनाउँछौं तबसम्म समृद्ध नेपालको परिकल्पना गर्न सकिदैन । त्यसैले यहाँका साँस्कृति जोगाउन हामी सबैको दायित्व रहेको अध्यक्ष यादवले भने ।
अध्यक्ष यादवले दलित समुदायको पेशा, कला, संस्कृति उजगार भएमा उनीहरु स्वतः समृद्ध बन्नेछ र अधिकांश समस्या समाधान भएर जाने बताए ।

सामाजिक विकास मन्त्रालय र दलित विकास समिति आयोजनामा भएको सो कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साह, राष्ट्रिय योजना आयोगका डा. उमाशंकर प्रसाद, प्रदेश लोकसेवा आयोगका सुरेन्द्र यादव, दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठा लगायतका व्यक्तिहरुले आफ्ना विचार राखेका छन् ।

प्रतिक्रिया