राजकुमार साह
कञ्चनपुर, मंसिर २२ गते । सप्तरीको कञ्चनरूप नगपालिकामा नगर प्रमुख बसन्तकुमार मिश्रका कारण फोहरमैला व्यवस्थापन स्थल (ल्याण्डफिल साईट ) निमार्णका लागि आएको १ करोड ८७ लाख रकम र्फिज भएको छ ।
कञ्चनरुप नगरपालिकाले आयोजनाको डिपिआर गर्नुपर्नेमा सो डिपिआर गर्न नगरप्रमुख मिश्रले चासो नदिएकाले गएको २ आर्थिक बर्षमा उक्त रकम फ्रिज भएको कञ्चनरुप नगरपालिका–११का वडाअध्यक्ष मोहम्मद जिब्रिलले बताए ।
अध्यक्ष जिब्रिलले भने,‘पहिलो आर्थिक वर्षमा ७५ लाख र दोस्रो पल्ट १ करोड १२ लाख गरी १ करोड ८७ लाख रकम र्फिज भएको छ ।’
वडा नं. ३ मा निर्माण भएका ल्याण्डफिल साइटलाई यथास्थितीमा छोडदै पालिकाले वडा नं. ११ को लागि पुन ः निर्माण गर्ने निर्णय गरेको छ ।
चालु आर्थिक बर्षमा साढे ८२ लाख ल्याण्डफिल साईट निर्माणको लागि संघिय सरकारबाट बजेट बिनियोजन भएको अध्यक्षले बताए । तर, डिपिआरको लागि प्रवाधिकले ३० लाख माग गर्दा मेयरको सस्तोमा डिपिआर गराउने सोचले पुनः उक्त आयोजनाको रकम र्फिज हुने उनले बताए । पालिकाले आयोजना संचालनको लागि दिर्घकालिन पलान नगर्दा मदनभण्डारी खेलग्रामका करोडो रकम र ल्यण्डफिलको रकम समेत र्फिज हुँदा आफू दुःखी रहेको समेत उनले बताए ।
पहिलो पल्ट ७५ लाख बजेट हुँदा मेयरलाई भने उपभोक्त समितिबाट निर्माण कार्य शुरु गरौ तर, मेयर मिश्रले नत टेन्डर अहावन गरे न कुनै बैकलपिक उपायको निकास गरे ।वडा नं. ११ मा हुने ल्याण्डफिल साईट निर्माण स्थल नदि उकासको जग्गा हो । जसमध्ये ५ बिघा जतिमा निर्माण हुने अध्यक्षले बताउदै भने उक्त जग्गामा हाल मुसहर समुदायले खनजोत गरेर गुजारा गरिरहेको छ ।
यस सन्दर्भमा अवलोकित दैनिकले मेयर बसन्त कुमार मिश्र संग बुझदा वडा नं. ३ मा निर्माण भएका ल्याण्डफिल साईड उपयुक्त ठाउँ नभएकोले संचालन नभएको बताउदै उनले भने , मेयर हुनु भन्दा पहिलो निर्माण भएकोले किन र केकोलागि पालिकाको लगानि ग¥यो मलाई थाहा छैन् । त्यस्तै वडा नं. ११ मा ल्याण्डफिल निर्माण सन्दर्भमा मिश्रले चालु आर्थिक बर्षमा कति रकम बिनियोजन भएको छ त्यो जनकारी नभए पनि प्रयास भइृरहेको छ कि यसपालि व्यवस्थापन कार्य हुन्छ । २ पटक रकम र्फिज भएको सन्दर्भमा बुझदा रकम र्फिज नभएको नगर प्रमुख मिश्रले दावी गरे ।
२२ लाखमा निमार्ण भएको फोहरमैला व्यवस्थापन स्थल जिर्ण बन्दै
नगरपालिकाले हचुवाको भरमा आयोजना संचालन गर्दा निर्माण भएका फोहरमैला व्यवस्थापन स्थल (ल्याण्डफिल साईट ) जिर्ण भएको छ ।
पालिका भित्र वडा नं. ३ स्थित खलासि भन्ने ठाउमा २२ लाखमा ५ बर्ष पहिलो बनेको फोहरमैला व्यवस्थापन स्थल (ल्याण्डफिल साइट) संचालन नहुँदै जिर्ण अवस्थामा पुगेको छ । तत्कालिन निर्माण समितिका अध्यक्ष सुरैतलाल दासका अनुसार जननिर्वाचित प्रतिनिधि आउनु भन्दा केहि पहिलो पालिकाले २२ लाख खर्च गरेर बनाएको ल्याण्डफिल्ड साइट किन हालको प्रतिनिधि र प्रमुखहरू संचालन नगरेको कसैले बुझन सकिरहेको छैन् ।
सडकछेऊमा फोहर :
फोहर व्यवस्थापनका लागि बनाइएको ल्याण्डफिलको बजेट निरन्तर र्फिज भईरहेको छ । जसका कारण पालिकाले फोहरमैला व्यवस्थापन उपयुक्त ठाउमा नगरेर पूर्व पश्चिमलोक मार्ग स्थित चन्द्रनहरको छेउमा फोहर थुपार्दै आएको छ ।
लोकमार्गको चन्द्रनहरका छेउमा पालिकाले फेहरमैला थुपारीरहेको सन्दर्भमा मिश्रले भने,‘ल्याण्डफिल साइट बनेपछि व्यवस्थापन गरिनेछ ।’ स्थानीय तहले आफनो क्षेत्रभित्र सङ्कलन भएको फोहरमैलालाई व्यवस्थापन तथा स्थायी रूपमा बिसर्जन गर्नकोलागि वातावरण सम्बन्धी प्रचलित कानुनको अधिनमा रही फेहरमैला व्यवस्थापन स्थल (स्यानिटरी ल्याण्डफिल साइट) तोक्ने फोहरमैला व्यवस्थापन ऐन, २०६८ मा उल्ले छन् । उक्त ऐन बिपरित पालिकाले फोहरमैला व्यवस्थापन गरिरहेको छ ।
प्रतिक्रिया