बदेँल आक्रमणबाट आठ जना घाईते

  • असार ३0, २0७६
  • 0
...

कञ्चनपुर, असार २९ गते । कोशिटप्पु वन्यजन्तु आरक्ष अन्तर्गत त्रियूगा नदिमा बाढी आएपछि आरक्षबाट निस्केको जङ्गली बन्देलको अक्रमणमा परी आठ जना घाईते भएका छन् । घाईतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

शनिवार चार बजेको समयमा आरक्षबाट निस्केका जङ्गली बन्देलले आक्रमणबाट कञ्चनरुप नगरपालिका ४ बस्ने २६ वर्षिया संजय चौधरी, सोही ठाउँका ६१ वर्षिया राजकुमार चौधरी,५५ वर्षिया डम्बर खंग,२१ वर्षिया संजीव चौधरी,५५ वर्षिया बिनोद कुमार सरदार र संजय खंग घाईते भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए । घाईतेमध्ये संजय चौधरी र राजकुमार चौधरी अवस्था गम्भिर भएकाले थय उपचारका लागि लागी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइको प्रहरीले जनाएको छ ।

त्यसै हनुमान नगरपालिका भलुवा टोल बस्ने बाबुजी सार्कीको छोरा अन्दाजी वर्ष ५० को सोदामा सार्कीलाई घरमा सुती रहेको अवस्थामा बन्देलले घर भित्रै आक्रण गरेको थियो ।

बदेँलले सार्कीको बायातर्फ पेटमा दाँतले आक्रमण गर्दा पेटबाट आद्रा समेत निस्कीन थालेकोले उचारको लागी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइको बताइएको छ ।

हनुमानगर कंकालिनी नगरपालिकाको भलुवाही बस्ने बेचन यादवको छोरा वर्ष १२ को सुर्जन यादवलाई भाग्ने क्रममा दाहिने हातको कुईना र बायाँ खुटाको तिघ्रामा दाँतले टोकिएको थियो । उनको भारदह अस्पतालमा उपचार भईरहेको डिएसपी मिश्रले बताए ।

प्रतिक्रिया