घरमा छोरी सरह बुहारीलाई व्यवहार गरेर महिला हिंसा घरबाट अन्त्य गर्नु पर्छ : दलित विकास समिति सदस्य सरदार

  • मंसिर २५, २0७८
  • 0
...

कञ्चनपृर,मंसिर २४ गते । प्रदेश नं २ दलित विकास समिति सदस्य श्यम सरदारले  घरमा छोरी सरह बुहारीलाई व्यवहार गर्नु पनि महिला हिंसा घरबाट अन्त्यको सुुरुवातको पहिलो कदम हुन सक्ने बताएका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित दलित सरोकार मञ्च नेलाल कञ्चनपुर सप्तरीको आयोजना ‘घरबाटै शुरु गरौ,महिला हिंसा अन्त्य गरौ’ भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्र्दभमा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रमको प्रमुख आतिथिको रुपमा बोल्दै सरदारले सो कुरा बताएका हुन् ।

कार्यक्रम्मा बोल्दै सरदारले हाम्रो समाजमा महिला द्वारा हुने गरेको छ र आफनै घरमा छोरीलाई हेर्ने दृष्टी र बुहारीलाई हेर्ने दृष्टीकोण समाजमा फरक रहेको बताए । ‘महिलाहरुले स्वयम यस्ता विभेदहरुबाट लडनु पर्ने र समाजमा भईरहेको महिला हिंसा विरुद्ध प्रतिरोध गर्नपर्छ ।’

कञ्चनरुप नगरपालिकाकी महिला तथा बालबालीका शाखा प्रमुख शुशिला कुमारी चौधरीले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको बताइन ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

यो पटक मङ्सिर ९ गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुक्रबार सम्मापन भएको छ ।

हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार भोला पासवानले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेको बताए । घर–घरबाट आपैmले सरुवात नगरेसम्म व्यवहारिक रुपमा महिला हिंसा अन्तय गर्न बढी समय लाग्ने पत्रकार पासवानले बताए ।

संस्थाका कार्यकारी निर्देशक समेत रहेका पासवानको अध्यक्षताम आयोजित कार्यक्रममा संस्थाकी कार्यक्रम सहायक अनिताकुमारी खंग,सुनिल सरवरिया र कार्यक्रममा सहभागी किसनीदेवी पासवान लगायतले आफनो विचार राखेकी थिइन् । कार्यक्रम संचालन संस्थाकी लेखा सहायक बालकुमारी चौधरीले गरेकी थिइन । कार्यक्रममा एक सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया